तक्मे बुढाले भने ‘युवाका ढुकढुकी गोम्देनलाई मत दिऔं’ « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

तक्मे बुढाले भने ‘युवाका ढुकढुकी गोम्देनलाई मत दिऔं’


यलम्वर टाइम्स
२१ बैशाख २०७९, बुधबार ११:१२

सिस्ने । हाँस्य कलाकार तोक्मे बुढा (विल्सन विक्रम राई)ले योग्य, युवाहरुको ढुकढुकी बलदेव गोम्देनलाई अत्याधिक मत दिएर अर्जुनधारा नगरको परिवर्तन गर्न आग्रह गरे ।

घरदैलो अभियान अन्तर्गत वडा नं. १ शान्ति चोकमा आयोजित सभामा तोक्मे बुढाले क्षमतावान र दक्ष र फराकिलो सोच राखेर यहाँसम्म आएका बलदेव अर्जुनधारा क्षेत्रको युवाहरुको ढुकढुकी भएको बताए ।

‘उहाँले मलाई योग्य बनाउन उत्तिकै मद्दत गर्नुभएको छ’ राईले भने, ‘नगरवासीलाई नगर्लान् भन्ने शंकै छैन ।’

यो विकट क्षेत्र एक नम्वरमा कस्तो योजना ल्याउने ? कस्तो काम गर्ने ? भन्ने अधिकार तपाईहरुको हातमा भएको हुँदा एमालेलाई मत दिन खुलेरै भने ।

सोही कार्यक्रममा प्रमुख पदका उम्मेद्वार गोम्देनलाई तोक्मे बुढाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

घरदैलो कार्यक्रम अन्तर्गत अर्जुनधारा १ मा पुगेका गोम्देनले खोलाको चपेटाले पिरोलिएको १ नम्वर वडावासीहरुको समस्यालाई समाधान गर्न आफू तयार भएको बताए ।

यस क्षेत्रको जनताको लागि विशेष योजना तयार पारेको बताउँदै एमालेलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुखकी उम्मेद्वार खड्गमाया पराजुलीले विगतका कामको समिक्षा गर्दै यस वडामा विशेष योजना ल्याइने बताइन् ।

वडाध्यक्षका प्रत्यासी विष्णु ढकालले देखिएका खोलाका समस्यालाई समाधान गरी कृषि, सिचाईं कार्यमा सक्रिय रहने बताए ।

कलाकारको उपस्थिति हुने हल्ला चलेपछि थुप्रै जनसमुदायको सहभागिता रहेको थियो ।

सभामा नगर प्रमुख हरिकुमार राना, नगर इन्चार्ज दिपेन्द्र लम्साल, प्रदेश सांसद बृख प्रधान, जिल्ला उपाध्यक्ष प्रेमबहादुर गिरी लगायतको उपस्थिति थियो ।