ताप्लेजुङमा जनमुक्तिको प्रचार अभियान « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङमा जनमुक्तिको प्रचार अभियान


यलम्वर टाइम्स
२० बैशाख २०७९, मंगलवार १४:४१

फुङलिङ । जनमुक्तिका हिमाली नेता प्रकाश येङदेनले फुङलिङ नगरपालिकामा जनमुक्तिको जग बसाउने बताएका छन् ।

फुङलिङ नगरपालिका १ अन्तर्गत चुनावी अभियानलाई सम्बोधन गर्दै पहिचानको पक्ष एमसीसीको विरुद्धमा उत्रिएको एकमात्र पार्टी जनमुक्ति भएको हुँदा वडा नं. १ मा उठेका जनमुक्तिका उम्मेद्वारहरुलाई घर चिन्हमा मतदान गर्न आग्रह गरे ।

पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका हिमाली नेता येङदेनले भ्रष्टाचारमुक्त समाज, राष्ट्रिय सद्भाव, धर्म निरपेक्ष राज्य र हरेक तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको एजेण्डा लिएर देशभर शंख घोष गरेको पनि बताए ।

चुनावी प्रचार अभियानमा वडा नं. १ का काजीमान लिम्बू, जंग प्राङदेन, महिला सदस्य मनकुमारी लिम्बूले घर चिन्हमा मतदान गर्न आग्रह गरे ।

यसरी नै मैया खोला गाउँपालिकामा पनि चुनावी अभियान तिब्र पारेका छन् । गाउँपालिका अध्यक्ष यामकुमार आङ्बोहाङले पहिचानको पक्षमा उभिएको एकमात्र दल जनमुक्ति भएको हुँदा मत दिन आग्रह गरे ।

फक्तालुङ गाउँपालिका वडा नं. ५ का मनकुमार लिम्बू, मिक्वाखोला गाउँपालिका ३ का पेम्बा शेर्पा र फुङलिङ १० का छत्र लेछर्बो र नरहाङ लिम्बू घरदैलो अभियानमा रहेको पार्टीका उपाध्यक्ष येङ्देनले जानकारी दिए ।