नगरवासीको शुभेच्छा र सहयोगले विजय प्राप्त भएको संकेतः एमाले « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

नगरवासीको शुभेच्छा र सहयोगले विजय प्राप्त भएको संकेतः एमाले


यलम्वर टाइम्स
२० बैशाख २०७९, मंगलवार १४:२०

साठ्ठीमुरे । नेकपा एमालेका प्रत्यासी उम्मेद्वार बलदेव गोम्देनले नगरवासीको शुभेच्छा र सहयोगबाट विजयको संकेत प्राप्त भएको बताएका छन् ।

अर्जुनधारा–२ अन्तर्गत साठ्ठीमुरे चोकमा आफूसँगै सहभागिता र स्वागत सम्मान प्राप्त भएको हुँदा यस्तो महशुस भएको बताए ।

नगरमा युवाको काँधमा जिम्मेवार थपिए गर्नुपर्ने कामहरु विकासका मात्र होइनन्, अन्य विषय भएको मत माग्दै जाँदा सुझाव पाएको र आँखैले प्रत्यक्ष देखेको हुँदा पूरा गर्ने अठोट दोहोर्याए ।

चुनावी अभियान अन्तर्गत खुदुनाबारी, लाप्चेटार र शान्ति सामुदायिक वनमा पनि आम जनतासँग मतको अपेक्षा गर्दै विजयपछि यहाँहरुसँगै रहेर काम गर्ने बताए ।

उपप्रमुखको प्रत्यासी खड्गमाया पराजुलीले खुदुनाबारीकै चेली, छोरी–बुहारी भएको नाताले धेरै आशावादी भएको बताइन् ।

वडाका प्रत्यासी उम्मेद्वार तुलसी खतिवडाले सुन्दर वडा निर्माणमा तपाईहरुको मत आवश्यक भएको बताए ।

चुनाव प्रचार अभियानमा प्रेमबहादुर गिरीले समृद्ध नेपाल, सुखी नेपाली एमालेको एकमात्र नारा भएको बताउँदै समृद्ध नेपालमा नेकपा एमालेका उम्मेद्वारहरुलाई मत जाहेर गर्न आग्रह गरे ।

अर्का वक्ता नगर प्रमुख हरिकुमार रानाले हामीले जे जति गर्यौं, विकास निर्माणको बाटोहरु प्रशस्त भएको देखाएका छौं । त्यसैले बाँकी काम गर्न बलदेव र खड्गमायालाई जिम्मा दिएको हुँदा उनीहरुलाई मत दिन आग्रह गरे ।

प्रदेश सांसद बृख प्रधानले नगरको विकास एमालेले मात्र गर्न सक्ने औल्याए । प्रचार अभियानमा नगरका जिम्मेवार कार्यकर्ताहरुको सहभागिता थियो ।