चन्द्र लाफाले प्राप्त गरे नेशनल रेफ्रिको सर्टिफिकेट « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

चन्द्र लाफाले प्राप्त गरे नेशनल रेफ्रिको सर्टिफिकेट


यलम्वर टाइम्स
१७ पुष २०७८, शनिबार ०२:०४

अर्जुनधारा । भारतको राजस्थान स्थित अलवारमा सम्पन्न ३१ औं राष्ट्रिययापी स्ट्रेन्ज लिफ्टिङमा नेपालबाट प्रतिनिधित्व गराउन पुगेका ग्यालेक्सी फिट्नेश बिर्तामोडका सञ्चालक तथा पूर्व खेलाडी चन्द्र राना ‘लाफा’ लाई नेशनल रेफ्रि सर्टिफिकेट प्रदान गरिएको छ ।

डिसेबर ३० र ३१ मा राजस्थानमा सम्पन्न दुइ दिने स्ट्रेन्ज लिफ्टिङ प्रतियोगितामा सहभागि लाफाले नेशनल रेफ्रि सर्टिफिकेट प्राप्त गरेका हुन् ।

झापा अर्जुनधारा–७ निवासी लाफा विगत दुइ दशकअघिबाट फिट्नेश क्षेत्रमा प्रशिक्षकको भूमिका निभाउँदै आएका छन् ।

लाफा मेची फिट्नेश प्रतियोगितामा दोस्रो भएका थिए । त्यसयता उनी फिट्नेश क्षेत्रमा सक्रिय भई काम गर्दै आएका छन् ।