महासंघको सदस्यता त्याग्न सक्छौं ? « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

महासंघको सदस्यता त्याग्न सक्छौं ?


यलम्वर टाइम्स
१२ मंसिर २०७८, आईतवार ०८:३५

यो पटक नेपाल पत्रकार महासंघले दलीय राजनीतिक गर्ने पत्रकारलाई कडा सन्देश दिँदै दलीय राजनीतिक गर्ने हो भने नेपाल पत्रकार महासंघको सदस्यता त्याग्नुपर्ने विज्ञप्तीमार्फत दर्शाएको छ । स्वच्छ र मर्यादित पत्रकारिता दलसँग आवद्ध हुँदा नपाइने प्रशस्त उदाहरण भएको हुँदा दलमा आवद्ध हुने जो कोहीले पत्रकारितालाई मर्यादित बनाउन सदस्यतालाई माया नगर्न आग्रह गरेको छ ।

महासंघले भनेको छ, विचारसँग नजिक हुनु, सदस्यता लिनु त्यति ठूलो कुरा होइन । तर, दलको जिम्मेवार पदमा रहेर पत्रकारिता गर्दा दुर्घटना निम्तिने जोखिमलाई ध्यानमा राख्दै महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघले केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पद वहाल गरेको अवस्थामा कुनै दल वा भातृ संगठन, कुनै पनि राजनीतिक दलको प्रतिनिधि तथा जिम्मेवार बनेको अवस्थामा विधान बमोजिम उनीहरुको पद तथा महासंघको सदस्यता खारेज समेत गर्ने उल्लेख छ ।

यो पटक नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीमा धेरै व्यवसायीक पत्रकारहरु खुलेरै हिंडेको तथ्य नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नजरमा रहेको हुँदा बेलैमा सचेत गराउँदै उक्त विज्ञप्तीमार्फत सबै पत्रकारहरुलाई सचेत गराएको छ । तर, दलीय पत्रकारहरुले पत्रकार महासंघको विज्ञप्तीलाई त्यति धेरै चासो दिएको पाइएन । चिचिको पनि लोभ, पापाको पनि लोभ भन्ने भावना बोकेका धेरै पत्रकारहरु रहेको हुँदा महासंघको विज्ञप्तीलाई मान्यता नदिइ आफू खुशी राजनीतिक संगठनको जिम्मेवार पदमा रहेको देखिन्छ । त्यसैले महासंघको विज्ञप्तीलाई अक्षरस पालना नगरे भोलिका दिन असहज हुन सक्छ, त्यसतर्फ ध्यान दिऔं ।