किरात याक्थुङ चुम्लुङको मेचीनगरमा जनगणना सम्बन्धि व्यापक छलफल « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

किरात याक्थुङ चुम्लुङको मेचीनगरमा जनगणना सम्बन्धि व्यापक छलफल


यलम्वर टाइम्स
१६ कार्तिक २०७८, मंगलवार ०७:१२

काँकरभिट्टा। किरात याक्थुङ चुम्लुङ मेचीनगर नगर समितिले जनगणना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

इट्टाभट्टा स्थित चुम्लुङ्हिममा राष्ट्रिय जनगणना सम्बन्धी जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले उठाएको नारालाई आत्मसाथ गर्न सबै लिम्बू समुदायहरुलाई आव्हान गरिएको छ ।

सचेतना अन्तरक्रियामा प्रमुख अतिथि समेत रहेका चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापोले जातिको महलमा लिम्बू, पूर्खाको भाषा महलमा लिम्बू, मातृ भाषाको महलमा लिम्बू, दोस्रो भाषाको कुन हो भन्ने महलमा नजिकको आदिवासी जनजातिको भाषा, कुन धर्म मान्नु हुन्छ भन्नेमा किरात लेखेर जान सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा चुम्लुङ केन्द्रीय सदस्य शिवकुमार र चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ फियाकले सबैलाई सचेत भएर जनगणनामा सहभागी हुन आग्रह गरे ।

त्यस्तै चुम्लुङका झापा जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले कार्यक्रम आयोजनाको औचित्य प्रष्टयाउँदै जनगणनाको लक्ष्य र उद्देश्यका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला सदस्यहरू दिलिप आङदेम्बे, सर्मिला आङदेम्बे, चुम्लुङ मेचीनगर शाखाका निवर्तमान अध्यक्ष हर्क फियाक, गोपीलाल लिङ्देन लगायतको उपस्थिति रहेको थियो ।

नगरका कार्यवाहक अध्यक्ष धनप्रसाद केरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य भूमिका लिम्बू फियाकले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव बिरू बेघाले गरेका थिए ।