एमाले अर्जुनधारा नगरको जिम्मा बलदेवसिंह गोम्देनलाई « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

एमाले अर्जुनधारा नगरको जिम्मा बलदेवसिंह गोम्देनलाई


यलम्वर टाइम्स
१२ कार्तिक २०७८, शुक्रबार १३:०५

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको प्रथम ऐतिहासिक नगर अधिवेशनले युवा नेता बलदेवसिंह गोम्देनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

पार्टीभित्रका अर्का नेता लोकनाथ गौतमलाई १५ मतको अन्तरले पछि पार्दै गोम्देन निर्वाचित भएका हुन् । निर्वाचन मण्डलका संयोजक भुपेन्द्र न्यौपानेले गोम्देन निर्वाचित भएको घोषणा गरेका थिए ।

गोम्देनले ११७ मत प्राप्त गरेका छन् भने गौतमले १०२ मत प्राप्त गरे । परिणाम बुझ्दा बलदेवसिंह गोम्देनलाई खुदुनाबारी क्षेत्रबाट बढी मत झर्दै अर्जुनधारा हुँदै शनिश्चरे क्षेत्रको मत गणना गर्दा गोम्देनले लिड गरेका थिए ।

निर्वाचन मण्डलले मत परिणाम घोषणा गर्दै गर्दा गोम्देन कहिले ९ मत, कहिले ४ मत हुँदै १५ मत बढीले निर्वाचित भएको आयोगका एक सदस्यले जानकारी दिए ।

छोटो समयमा उम्मेद्वारी घोषणा गरेका गोम्देनले एक्कासी १५ मत बढी प्राप्त गर्नुमा पार्टीका तमाम् निष्पक्ष कार्यकर्ताको सहयोगबाट भएको प्रतिक्रिया दिए ।

निर्वाचित भएपछि प्रतिद्वन्दी गौतमसँग नजिक हुँदै गोम्देनले भने, ‘यो जीत पार्टीको जीत हो , हामी दुवैको विजय हो ।’ त्यतिकैमा गौतमले विजय भएका गोम्देनलाई कार्यकालको शुभकामना दिएका थिए ।

गोम्देनले उम्मेद्वारी दिनुभन्दा २ महिनाअघि नै गौतमको उम्मेद्वारीको चर्चा थियो । तर, छोटो समयमा गोम्देन विजय हुनुमा उनको गुन र कर्मठ, असल नेता चुनिएको पार्टीका एक सदस्य रमेश त्रिखत्रीले प्रतिक्रिया दिए ।

बाहिर गौतम प्रेम गिरी पक्ष र गोम्देन हरि राना पक्ष भनिए पनि पार्टीमा त्यस्तो नभएको जसले जीते पनि पार्टी बलियो बनाउन जनताले चुनेको उपस्थित पार्टीका सदस्यहरुले प्रतिक्रिया दिएका ।

यसरी नै उपाध्यक्षमा लोकमान श्रेष्ठ, सहसचिवमा सरीता भण्डारी निर्वाचित भएका छन् भने सचिवमा लभकुश गौतम यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा विशाल नेम्वाङ (चुडामणि) लगायत निर्वाचित भएका छन् ।