अर्जुनधाराका अग्नी पीडितलाई सहयोग जुट्दै « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधाराका अग्नी पीडितलाई सहयोग जुट्दै


यलम्वर टाइम्स
३ आश्विन २०७८, आईतवार ११:४१

अर्जुनधारा । अग्नी पीडितहरुको उपचारमा समस्या आएपछि स्थानीय सचेत नागरिकको उपस्थितिमा सहयोग समिति गठन भएको छ ।

गोविन्द खतिवडाको संयोजकत्वमा उक्त समितिले सिभिल बैंकमा खाता नम्वर ०७६१०५५१९५१०१२ रकम संकलन गर्न सकिने र सहयोगको लागि आव्हान गरेको छ ।

प्राप्त जानकारी अनुसार संयोजक गोविन्द खतिवडाले रु. ५० हजार प्रदान गरेका छन् भने विष्णु लक्ष्मी हार्डवेयरका सञ्चालक भरत कँडेलले ११ हजार, अर्जुनधारा–८ हाल अष्ट्रेलिया बसोबास गर्दै आएका प्रज्वल बुढाथोकीले २५ हजार ४ सय, अर्जुनधारा–७ हाल अष्ट्रेलियामा रहेका योगेन्द्र खतिवडाले २५ हजार, अर्जुनधारा–५ निवासी इन्दिरा भट्टराईले १० हजार सहयोग प्रदान गरेका थिए ।

यसरी नै अर्जुनधारा–७ निवासी अजयकुमार शिवाकोटीले १३ हजार, अर्जुनधारा–७ निवासी देवकला बुढाथोकीले २१ हजार,
बुद्धशान्ति घर भएका हाल अमेरिका बसोबास गर्दै आएका नविन पोखरेल र मदन पाठकले ११ हजार, विद्युत् प्राविधिकरण शनिश्चरेका कमल रायले १२ हजार २ सय प्रदान गरेका छन् ।

आगजनी भएको घर, विरामीको अवस्था बुझ्दै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले एक लाख ५० हजार सहयोग प्रदान गर्ने घोषणा गरेका छन् भने अर्जुनधारा–७ का जनप्रतिनिधिहरुले ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय शुक्रबार गरेका छन् ।

यसरी नै विद्युत् प्राविधिकरण शनिश्चरेका कर्मचारीहरुबाट १२ हजार रुपैयाँ, धौलागिरी पारीजात बहुउद्देश्य सहकारी संस्थाबाट ५१ हजार रुपैयाँ, अर्जुनधारा–७ निवासी शारदा अधिकारीबाट २० हजार रुपैयाँ, अर्जुनधारा–८ निवासी युवा व्यवसायी राजेन्द्र गट्टानीबाट ११ हजार रुपैयाँ, बिर्तामोड निवासी रत्ना आचार्य र बिमला अधिकारीबाट १० हजार रुपैयाँ, काठमाण्डौ निवासी इन्दिरा तिम्सिनाबाट १० हजार रुपैयाँ, शनिश्चरे माविका ०४१ सालमा एसएलसी दिने समूहबाट २१ हजार रुपैयाँ सहयोग प्रदान भएको छ ।

यसरी नै मित्र खतिवडा, मिना आचार्यबाट १० हजार रुपैयाँ, अर्जुनधारा–७ निवासी कमल गुरागाईबाट २१ हजार रुपैयाँ, सविन आचार्यको जन्म दिनमा तोयानाथ आचार्यबाट १० हजार रुपैयाँ, एनएमसी कर्मचारी रमा श्रेष्ठले ५ हजार एक सय पाच रुपैयाँ, शेखर र सुजता खतिवडाबाट १० हजार रुपैया, अर्जुनधारा–७ निवासी इन्दिरा पौड्यालबाट ११ हजार रुपैयाँ, अर्जुनधारा–५ निवासी हरि खड्काबाट ५ हजार सहयोग प्राप्त भएको सहयोग समितिका सचिव कमल पोखरेलको फेसबुक वालमा उल्लेख छ ।