जातीय मुक्ति अग्रणी योद्धा श्रवणले छाडे धरान « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

जातीय मुक्ति अग्रणी योद्धा श्रवणले छाडे धरान


यलम्वर टाइम्स
१६ श्रावण २०७८, शनिबार ०४:०२

धरान । डिपोट स्कुल धरान–१८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व गोर्खा मेजर श्रवण कुमार लिम्बूको कोरोना संक्रमणबाट निधन भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँगै लिम्बू धरानको राजनीतिक क्षेत्रमा पनि निकै सक्रिय रहेका थिए भने विभिन्न सामाजिक संघसंस्था, सँग आबद्ध थिए ।

उनको ८३ वर्षको उमेरमा आज बिहान ६ बजे उपचारको क्रममा विराटनगर स्थित न्यूरो अस्पतालको कोभिड वार्डमा निधन भएको डिपोट स्कुलका प्लस टु संयोजक विरान लिम्बुले जानकारी दिए । लिम्बूलाई कोरोना संक्रमण भएपछि १० दिन अघि उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।

मेजर लिम्बू रिटार्यडपछि गोर्खा भूपू सैनिकहरुको सेवा सुविधाका लागि आफ्नो ढंगबाट ब्रिटिश सरकारसँग लडेका थिए ।

थुप्रै संघसंस्थामा आवद्ध भई आफ्ना हक, अधिकार स्थापित गर्नका लागि सक्रिय थियए । सिद्धार्थ लाइनको सिद्धार्थ पुस्तकालायदेखि किरात थाक्थुङ चुम्लुङ हुँदै जातीय मुक्तिका मुद्दा उठान गर्ने दलसँग नजिक भएर अगाडि बढे ।

विगत दुइ दशक लामो राष्ट्रिय जनमुक्ति पार्टीमा रहेर मेची–महाकालीसम्म संगठन विस्तारमा होमिएका थिए । सालिन विचार र वौद्धिक शब्दहरु पोख्न माहिर बुढेसकालमा पनि विभिन्न पुस्तक पढेर दिन बिताउँथे ।

मेजर भएर अवकाश प्राप्तपछि पार्टीमा काम गर्दाको झझल्को आलै रहेको पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वा बताउँछन् ।
अध्यक्ष पालुङ्वा भन्छन्, ‘श्रवणकुमार लिम्बूले धरान हरेक क्षेत्रबाट अब्बल बनाउनका लागि खेलेको भूमिका सदैव सम्झना योग्य रहने छ ।’

पछिल्लो पटक मेजर लिम्बू कुमार लिङ्देन सम्बद्ध मञ्चका सल्लाहकार भएर काम गर्दै आएका थिए