अर्जुनधारामा निषेधाज्ञाकाे अर्थ नै बुझेनन् « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा निषेधाज्ञाकाे अर्थ नै बुझेनन्


यलम्वर टाइम्स
२८ बैशाख २०७८, मंगलवार ०८:२२


शनिश्चरे / पूर्ण रूपमा निषेधाज्ञा जारी भइरहेकाे बेला लखर लखर हिंड्नेलाई ट्राफिक प्रहरी र शनिश्चरे प्रहरी चाैकीले सम्झाउदै फर्काइदिएका छन् ।

यसरी हिंड्नेहरूमा विशेष गरि युवा वर्ग रहेकाे ट्राफिक प्रहरी हवल्दार दिपेश पाैड्यालले जानकारी दिए ।

काेराेना संक्रमणलाई नियन्त्रण गर्न अर्जुनधाराकाे सीसीएमसीले निषेधाज्ञालाई कडा गरिनुपर्छ भनिए पनि शहर बजारमा माेटरसाईकल, गाउँबस्तीमा ट्रिपर र ट्याक्टर अझै नियन्त्रण हुन सकिरहेकाे छैन ।

फैलदाे संक्रमणलाई न्यूनिकरण गर्न राज्य लागिरहेकाे बेला निषेधाज्ञालाई उलङ्घन गरि हिंडडुल गर्नु खतरालाई निम्त्याउनु हाे ।

नगरपालिकाका प्रमुख हरिकुमार रानाले दिएकाे सूचना अनुसार काेराेना संक्रमणलाई नियन्त्रण गर्न नगर प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडी प्रयाेगमा ल्याइएकाे छ भने नगर स्वास्थ्य शाखाकाे स्वामित्वमा रहेकाे दुई वटा एम्बुलेन्स पनि प्रयाेगमा ल्याइएकाे छ ।

साेमबारसम्मकाे जानकारी अनुसार नगरमा एक सय २२ जनामा काेराेना पुष्टि भएकाे छ भने ३ जनाले ज्यान गुमाइसकेका छन् ।

ज्यान गुमाउनेहरूमा नवराज सापकाेटा, बाबुलाल प्रधान र लाेकेश अधिकारी रहेका छन् ।                                                                                                                                                      काेराेना भेरियन्ट अत्यन्त सक्रिय र खतरनाक भएकाे हुँदा सचेत र स्वास्थ्य मापदण्ड पालना गर्न नगरपालिकाले अनुराेध गरेकाे छ ।