जनता आवासलाई पुनः क्वारेन्टिन, स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

जनता आवासलाई पुनः क्वारेन्टिन, स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर


यलम्वर टाइम्स
१९ बैशाख २०७८, आईतवार ०७:३०

अर्जुनधारा । अर्जुनधारा क्षेत्रमै २६ जना संक्रमित र एक जनाको कोरोना कहरबाट मृत्यु भएपछि भयावह अवस्थालाई न्यूनिकरण गर्नका लागि अर्जुनधारा नगरपालिकाले अर्जुनधारा ३ को जोरसिमलमा बनेको जनता आवास भवनलाई क्वारेन्टिन निर्माण गरेको छ भने अर्जुनधारा ४ को स्वास्थ्य चौकीलाई आइसोलेशन सेन्टर बनाएको छ ।

डीसीसीएमसी झापाको प्रत्येक पालिकामा अक्सिनसहितको आइसोलेशन र क्वारेन्टिन निर्माण गर्नुपर्छ भनी निर्णय बमोजिम अर्जुनधारा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाले सञ्चालन हुँदै आएको एम्बुलेन्सलाई बिरामी ओसारपोसार गर्नेका रुपमा प्रयोग गर्ने खुदुनाबारीमा रहेको एम्बुलेन्सलाई सवबहानको रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ ।

अर्जुनधारा नगर समितिको सीसीएमसीको निर्णय अनुसार आइसोलेशन सेन्टरमा भर्ना हुने बिरामीका लागि अक्सिनसमेत व्यवस्था गरिने भएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

कोरोना सम्बन्धि अध्ययन र अवलोकनसँगै उपचारार्थका लागि सहयोग पुर्याउन नगरले मुकुन्द बस्नेतलाई स्वास्थ्य संयोजक तोकिएको छ । त्यस्तो केही समस्या आइपरे उनको मोवाइल नं. ९८५२६६५५६० मा सम्पर्क गर्न सकिने नगरले जनाएको छ ।

सीसीएमसीको बैठकपछि नगर प्रमुख हरिकुमार रानाले भने, कोरोनालाई हेलचेक्राइ नगरि स्वास्थ्य मापदण्ड अपनाएर बस्न आग्रह गरे ।

खाद्यमा समस्या आइपरे वडामार्फत सेवा दिन तयार छौं । तर, संक्रमणकालिन अवस्थामा जताततै ननिस्कन अनुरोध गरे । उनले अगाडि भने, ‘नाकमा अक्सिजन लगाउनुभन्दा मास्क लगाउन जाति, आइसोलेशनमा बस्नुभन्दा घरैमा बस्नु जाति’ । त्यति हुँदाहुँदा पनि बाहिर निस्किए जे पनि हुन सक्ने सन्देश दिए ।

नगरको सभाकक्षमा भएको छलफलले जनता आफै अटेर गरेर हिंड्न नहुने समेत नगर प्रमुख रानाले अनुरोध गरे ।