छोरा खोज्न मनकुमारी तराईका शहर तिर « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

छोरा खोज्न मनकुमारी तराईका शहर तिर


यलम्वर टाइम्स
१५ चैत्र २०७७, आईतवार ०३:५७

अर्जुनधारा । अन्तरजातीय समस्याले होला फिदिम–१ कि मनकुमारी ठटाल आफ्नो छोरो खोज्दै झापा आइपुगेकी छिन् ।

फिदिमबाट धुलाबारी आफन्तकोमा आएका उनका छोरा पृथ्वी ठटाल (वर्ष २६) ले धुलाबारी मागुरमाडीकी आशा लिम्बू (२५)लाई भगाइ लगेपछि केटी पक्षकाले ठटाल परिवारलाई केटाकेटी निकाल्न दबाब दिएपछि उनी छोरा र आशालाई खोज्दै झापा आइपुगेकी हुन् ।

मनकुमारीका अनुसार फाल्गुन ४ गते उनीहरु मिलेर भागेको देखिन्छ । छोरा तिमी कहाँ छौ भनेर भन्ने ठाउँ छैन । कहाँ लुके कहाँ बसे थाहै नपाउँदा केटी पक्षबाट आफ्नो छोरी झिकाउन दबाब बढेपछि आफ्नो व्यवसायलाई छाडेर उनी झापा जिल्लाका बस्ती बस्तीमा पुग्दै आएकी छिन् ।

फिदिम–१ स्थित बजार नजिक मोटरसाइकलको ग्यारेज सञ्चालन गरेर बसेका ठटाल परिवार दबाब चरम भएपछि प्रहरी चौकी, सीमा नाका लगायत ठाउँमा केटाकेटीको फोटोसहित खोजी दिन निवेदन दिएका छौं उनका बुबा गजेन्द्र ठटालले भने ।

आज एक महिना भयो अत्तोपत्तो नभएपछि व्यवसायलाई ताला लगाएर खोज्न हिंड्नु परेको छ ।

केटा पक्षका आमा मनकुमारी भन्छिन्, ‘घर नआए पनि हामी यहाँ सुरक्षित छौं मात्र भन्ने सन्देश आए त्यही कुरा केटी पक्षलाई निवेदन गर्ने थियौं । तर थाहा नहुँदा घर छाडेर छोरा खोज्न हिंड्नु परेको छ ।’

छोरासँग मन मिलेर गएकी केटी अस्वस्थ्य रहेको उनका आफन्तले भनेपछि अझ पीडाबोध भएर आएको छ । कसैले नौलो मान्छे ठानी भेटिदिए खबर गरिदिनुहुन अनुरोध गरेका छन् ।

उनका भाउजु संज्ञा ठटाल भन्छिन्, ‘नौलो र अपरिचित केटाकेटी भए ९८४२१०५१८४ मा वा स्थानीय प्रहरी चौकीमा खबर गरिदिनुभए आभारी हुने थियौं