माईधारमा बृहत साहित्यीक तथा सांस्कृतिक कार्यक्रम हुने « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

माईधारमा बृहत साहित्यीक तथा सांस्कृतिक कार्यक्रम हुने


यलम्वर टाइम्स
१८ फाल्गुन २०७७, मंगलवार ०८:३३

झिलझिले । मौलिक साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको माइधारमा बृहत् साहित्यीक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० को आर्थिक सहयोग तथा कैलाश शिखर फाउण्डेशन र सतासी–८ फाउण्डेशनको संयुक्त आयोजनामा फाल्गुण २२ गते शनिबारका दिन उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नं. १० को फाल्गुनन्द चौक स्थित कभर्ड हलमा हुने भएको आयोजक समितिका सदस्य पुष्प पौडेलले बताए ।

कार्यक्रमको प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा रहनेछन् भने कार्यक्रमा वरिष्ठ गीतकार तथा कवि श्रवण मुकारुङ र वरिष्ठ गायक कुबेर राईको विशेष प्रस्तुति रहनेछ ।

कवि मुकारुङ विशे नगर्चीको बयान कविताबाट ख्याती कमाएका कवि हुन् भने राई मायाले मूल बाटो भुलेछ भन्ने गीतबाट ख्याती कमाएका गायक हुन् ।

कार्यक्रममा स्थानीय कलाकारहरुको बजोड प्रस्तुति रहने छ भने झापा, मोरङ, सुनसरी, इलाम, पाँँचथर लगायतका कविहरुले कविता समेत वाचन गर्नेछन् ।

सोही अवसरमा शिवसताक्षी १० मा रहेर विभिन्न सामाजिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्ने कैलाश शिखर फाउण्डेसनका सचिव पदम कुँवरलाई सम्मान गर्न लागिएको जनाइएको छ ।