अर्जुनधारामा महासचिव सूर्यवंशीको सम्बोधन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा महासचिव सूर्यवंशीको सम्बोधन


यलम्वर टाइम्स
८ फाल्गुन २०७७, शनिबार ०३:३६

झापा । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी झापा र इलामको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व आउने भएका छन् ।

वर्तमान राजनीतिक व्यतिथिले जनता हैरान भएको बेला आफ्नो पार्टीले उठाएका ३९ बुँदे अवधारणालाई बाहिर ल्याउन र कार्यकर्तालाई र दरबिलो बनाउन पूर्व आउने भएको प्रदेश नं. १ का अध्यक्ष पर्शुराम थापाले जानकारी दिए ।

महासचिव सूर्यवंशीले ८ गते अर्जुनधाराको नवप्रवेशी कार्यकर्ता र अन्यलाई राजनैतिक चक्सु ज्ञान प्रदान गर्न विशेष सम्बोधन गर्ने भएका छन् ।

अर्जुनधाराको आदिवासी जनजाति सामुदायिक भवनमा हुने भेलामा केही कार्यकर्ताहरुलाई समेत पार्टी प्रवेश गराउने लक्ष्य रहेको नगर अध्यक्ष राज खम्बूले जानकारी दिए ।

यसरी नै ९ गते कमल गाउँपालिकामा राजनीतिक प्रशिक्षण रहेको छ भने १० गते इलामको माइ नगरपालिका र ११ गते इलामको लारुम्बामा कार्यकर्ता भेटघाट रहेको समेत जानकारी दिए ।