करेन्ट लागेर मृत्यु « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

करेन्ट लागेर मृत्यु


यलम्वर टाइम्स
३ फाल्गुन २०७७, सोमबार ०७:०९

सप्तरी । सप्तरी शम्भुनाथ–४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

शम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ–६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए ।

कामकै शिलशिलामा आईताबार मोटर चलाउने क्रममा अचानक विधुत् सर्ट भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएकोमा उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।