युवा नेता बुढाथोकी तरुण दल प्रदेश १ को संयोजक « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

युवा नेता बुढाथोकी तरुण दल प्रदेश १ को संयोजक


यलम्वर टाइम्स
७ माघ २०७७, बुधबार १०:१३

अर्जुनधारा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य समेत रहेका मदन बुढाथोकीलाई थप जिम्मेवारी प्रदान गरिएको छ ।

माघ ५ गतेको  पार्टी बैठकको निर्णय गरेअनुसार बुढाथोकीलाई प्रदेश नं. १ को संयोजकको जिम्मेवारी दिइएको जनाएका छन् ।

युवा तथा समाजसेवीबाट परिचित बुढाथोकी अर्जुनधारा वडा नं. ७ निवासी हुन् । लामो समयदेखि तरुण दलमा रहेर काम गर्दै आएका बुढाथोकीको पछिल्लो पटक समाजका हरेक क्रियाकलापमा बाक्लो उपस्थिति रहेको छ ।

उनले लकडाउनका बेला प्रचार–प्रसारमा नआउने शर्तमा नगरका विभिन्न क्षेत्रमा मात्र नभई अन्य जिल्लाहरुमा पनि पुगेर राहत प्रदान गरेका छन् ।