अर्जुनधारा नगरपालिकाले शव बहान खरिद गर्ने « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

अर्जुनधारा नगरपालिकाले शव बहान खरिद गर्ने


यलम्वर टाइम्स
८ मंसिर २०७७, सोमबार ०८:५२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शव बहान खरिद गर्ने भएको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले शव बहान खरिद गर्ने निर्णय गरेको हो ।

कोभिडका कारण मृत्यु भएका नगरवासीको अन्तेष्टीका लागि शव बहान खरिद गर्न लागिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनले शव बहानको अभावमा अन्तेष्टी कार्यका लागि समस्या उत्पन्न भइरहेको बताए ।

सीसीएमसीको सुझाव बमोजिम बोर्डबाट अनुमोदन गराएर शब बाहन खरिद गरिने नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

उनले शव बहान अनिवार्य आवश्कता भएको हुनाले खरिद गर्न लागिएको बताए । नगरले खरिद गर्ने शव बहानले कोभिड बाहेकका कारण मृत्यु भएकाको अन्तेष्टीका लागि पनि सहयोग गर्ने बताइएको छ ।

कोभिड–१९ का बिरामीहरुको नगरपालिकाको स्वास्थ्य टोलीले निरन्तर काउन्सीलिङ गर्ने निर्णय भएको छ । कोभिडका बिरामीलाई आवश्यक पर्ने अक्सिजनको आपूर्ति गरेर भण्डारण गर्ने समेत निर्णय भएको बताइएको छ ।