संक्रमित व्यक्ति ८, ९ र १० वडा कार्यालयमा पुगेको हुँदा बन्द « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

संक्रमित व्यक्ति ८, ९ र १० वडा कार्यालयमा पुगेको हुँदा बन्द


यलम्वर टाइम्स
१४ आश्विन २०७७, बुधबार ११:३९

अर्जुनधारा । पछिल्लो पटक कन्ट्याक ट्रेसिङ टेष्ट गरेका वडा नं. ९ निवासी एक युवा रिपोर्ट नआई चारै दिशा हिडेको हुँदा आज वडा नं. ८, ९ र १० ले अर्को सूचना नआइञ्जेलसम्मका लागि बन्द गरेको छ ।

उक्त युवालाई हिजो बुधबार कोरोना लागेको पुष्टि भएपछि तीन वटै वडा कार्यालयमा पुगेको कारण वडा कार्यालय बन्द गर्नुपरेको वडा नं. १० का अध्यक्ष बलदेव गोम्देनले जानकारी दिए ।

संक्रमित व्यक्तिमा लक्षणसमेत देखा परेको पाइएपछि सतर्कता अपनाउँदै थप संक्रमण फैलन नदिनका लागि पनि कार्यालयलाई डिस्इन्फेन्टेन्ट गरी अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको उनले बताए ।

वडा नम्बर ९ कै व्यक्तिमा लक्षणसहित संक्रमण फैलिएकाले सर्वपक्षीय छलफल गरेर अनिश्चितकालका लागि बन्द गरिएको सूचना सार्वजनिक गरिएको वडा सचिव त्रिविक्रम पोखरेलले जनाए ।

यस्तै, शनिश्चरे बजारमा रहेको ८ नम्बर वडा कार्यालयमा पनि संक्रमित व्यक्ति आउजाउ गरेकाले आइतबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

यसअघि खुदुनाबारीमा एकै परिवारका ३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय बन्द अवस्थामा रहेको छ ।

आज बुधबार बसेको सर्वपक्षीय बैठकले आउँदो शनिबारसम्म वडा कार्यालय बन्द रहने निर्णय गरेको छ ।