आज १५ सय १३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७६ हजार नाघ्यो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

आज १५ सय १३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७६ हजार नाघ्यो


यलम्वर टाइम्स
१३ आश्विन २०७७, मंगलवार १०:५९

झापा । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको तथ्याङ्कले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चाडवाड नजिकिदै गरेको अवस्थामा संक्रमितहरुको संख्या बढ्नु चिन्ताजनक हो । पछिल्लो समयमा विषेश गरि राजधानीमा संक्रमण फैलिएको हुँदा अरु जिल्लाभन्दा राजधानी जोखिमपूर्ण बन्दै गएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मंगलबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित नेपालमा ७६ हजार २५८ पुगेको बताएका छन् भने ७ हजार ७३१ जना पूर्ण रुपमा निको भई घर फर्केका छन् ।

डा. गौतमका अनुसार संक्रमण दिनानुदिन बढ्दै गएको हुँदा सबै क्षेत्र अझ सचेत हुनुपर्ने जनाए । उनका अनुसार कोरोना मुक्त हुनेहरुको संख्या ५५ हजार ३७१ जना पुगेको छ ।

२४ घण्टा यता थप दश जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र हालसम्ममा मृत्यु हुनेहरुको संख्या ४९१ पुगेको पनि बताए ।

यसै गरि नेपालमा आइसोलेसनमा रहेका कोरोना संक्रमित २० हजार ३९६ छन् भने ५ हजार ७७८ जना क्वारेन्टिनमा रहेको उल्लेख छ ।