सुखानीमा गोली चल्दा योङहाङ सक्त घाइते « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

सुखानीमा गोली चल्दा योङहाङ सक्त घाइते


यलम्वर टाइम्स
६ आश्विन २०७७, मंगलवार १०:३१

बुढीसुखानी । आईतबार बिहान अम्लिसो घारीमा सोतर काट्न पुगेका एक पुरुष गोली लागी सख्त घाइते भएका छन् ।

घर नजिकको अम्लिसो घारीमा सोतर काट्न पुगेका अर्जुनधारा– ३, सुखानीका ४२ वर्षीय डिक योङहाङ लिम्बू गोलीको छर्रा लागेर ढलेका थिए ।

गोली लागी बेहोस भएका योङहाङ आधा घण्टा पछि होसमा आएर आफन्तलाई गुहार मागी उपचारका लागि बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा पुगका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार योङहाङलाई दायाँ कोखामा गोलीको छर्रा लागेको छ ।

उपचारमा संलग्न वडा नं. ३ का वडा सदस्य सिताराम भट्टराईका अनुसार अप्रेशनपछि आईसीयूमा उपचार भइरहेको छ ।

किरात धर्मावलम्बीका सच्चा अनुयायीका रुपमा रहेका डिकलाई कसले गोली हान्यो भन्ने विषयमा अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।