कोरोना सामान्य रहेको वीएण्डसीका निर्देशक प्रसाईको भनाई « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

कोरोना सामान्य रहेको वीएण्डसीका निर्देशक प्रसाईको भनाई


यलम्वर टाइम्स
३० भाद्र २०७७, मंगलवार ११:०७

बिर्तामोड । कोरोना महामारी सामान्य भएको वीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका छन् ।

उनले आफ्नो कक्षमा पत्रकार सम्मेलन गर्दै कोरोनाभन्दा अन्य रोगबाट मानिसको मृत्यु भएको बताउँदै कोरोनालाई भयाभय नठान्न आग्रह गरे ।

कोरोनाभन्दा अन्य रोग मानिसले बोक्दै आएको प्रशस्त हुँदा त्यसतर्फ चाँही गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘कोरोनाका नाममा गाउँमा पस्न नदिने, हुने संकेत देखिए पनि भयाभय बनाएर सन्त्रास फैलाउने यो सामाजिक न्याय हुनै सक्दैन । त्यसैले वीएण्डसीमा कोरोना संक्रमण केही नर्सहरुमा देखिए पनि उहाँहरुको स्वास्थ्य सामान्य छ ।’

शनिबार पत्रकार सम्मेलन गर्दै मेची अञ्चलका लागि स्वास्थ्य बीमा वीएण्डसीलाई र क्यान्सर उपचारको जिम्मा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दिए हामी सहज रुपमा उपचार गर्न सक्छौं, निर्देशक प्रसाईले बताए । उनले भने, ‘हाल अस्पतालमा ११० जना डाक्टरहरु कार्यरत छन् ।’

अत्याधुनिक उपकरणका साथ सेवामा नचुक्ने बताउँदै कोरोना रोग नेपालीका लागि सामान्य भएको सन्देश दिन आग्रह गरे ।

वीएण्डसीको आईसोलेसनमा रहेको कोरोना संक्रमितहरुको अवस्था सामान्य रहेको अस्पतालका डा. राजु श्रेष्ठले जानकारी दिए भने मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले सेवा लिन आएका विरामीहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रदान गरेको जानकारी दिए ।