निजामती दिवसमा अर्जुनधाराका कर्मचारीद्वारा रक्तदान « Yalambar Times
२८ बैशाख २०८१, शुक्रबार

निजामती दिवसमा अर्जुनधाराका कर्मचारीद्वारा रक्तदान


यलम्वर टाइम्स
२२ भाद्र २०७७, सोमबार १२:४२

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका कर्मचारीले रक्तदान कार्यक्रमको आयोजना गर्दै १७ औं निजामती सेवा दिवस मनाएका छन् ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलको सभापतित्वमा भएको कार्यक्रममा १७ जना कर्मचारीले रक्तदान गरेका थिए ।

पछिल्लो समय जिल्लामा रगत अभाव भइरहेको समयमा कर्मचारीले निजामती दिवसको उपलक्ष्यमा रक्तदान गरिएको प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले बताए ।

कोरोना संक्रमण त्रासका बीच आवश्यक भौतिक दूरी कायम गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोग रहेको थियो ।

निजामती सेवाले कानुनी रूपमा संस्थागत स्वरूप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा दिवस मनाइन्छ ।