अर्जुनधारा नगरपालिकाले हटायाे लकडाउन « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा नगरपालिकाले हटायाे लकडाउन


यलम्वर टाइम्स
२६ श्रावण २०७७, सोमबार १४:२९

अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमवारदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो ।

वडा नं १ का एक ब्यक्तिमा कोरोना भाइरस पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक ट्रेसिङमा रिपोर्ट नेगेटिभ आएपछि लकडाउन खोल्ने नगरले निर्णय गरेको हो ।

नगरले लकडाउन खुकुलो बनाए पनि सवैले स्वास्थ्यका मापदण्ड अनुरुप भौतिक दूरी कायम गर्दै व्यवसाय सञ्चालन गर्न नगर प्रमुख हरिकुमार रानाले आव्हान गरेका छन् ।

कुनै पनि व्यवसाय सञ्चालकहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा सावुन पानी, सेनेटाइजर, भौतिक दूरी, मास्कलगायतका स्वास्थ्यको मापदण्ड पूरा गर्दै आफू पनि संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन नगर प्रमुख रानाले अनुरोध गरेका छन् ।