अपाङ्ग बालशिक्षा केन्द्रलाई सहयोग गर्दै सातौं नरबहादुर स्मृति दिवस मनाइयो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अपाङ्ग बालशिक्षा केन्द्रलाई सहयोग गर्दै सातौं नरबहादुर स्मृति दिवस मनाइयो


यलम्वर टाइम्स
१० श्रावण २०७७, शनिबार ०३:५४

अर्जुनधारा । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोड झापाले झापाको अर्जुनधारा–६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान गरेको छ ।

शुक्रबार प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ७ औं स्मृति दिवसको अवसर पारेर अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई सामाग्री प्रदान गरेको हो ।

चामल १ बोरा चामल, दाँत माझ्ने ब्रस १५ थान, कोल्केट १० पिस, चिउरा २ केजी, साबुन १२ थान, चिनी २ केजी, तेल १ काटुन, दाल ३ केजी बराबरको खाद्यन्न सामग्री प्रतिष्ठान झापा अध्यक्ष ज्योतीसिंह दर्लामी, सचिव जयप्रसाद भट्टराई, अर्जुनधारा नगर प्रमुख हरिकुमार राना लगायतले संयुक्त रुपमा सरोकार केन्द्रका कृष्ण दुलाललाई हस्तान्तरण गरेका थिए ।

प्रतिष्ठानका झापा अध्यक्ष ज्योतीसंघ दर्लामीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हरिकुमार राना रहेका थिए ।

अर्जुनधारा–६ नम्बर वडा अध्यक्ष लोकनाथ गैतम लगायत अतिथि रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय प्रसाद भटराईले गरेका थिए