शनिश्चरेमा वीपीको स्मृतिमा रक्तदान « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

शनिश्चरेमा वीपीको स्मृतिमा रक्तदान


यलम्वर टाइम्स
६ श्रावण २०७७, मंगलवार ०८:४७

अर्जुनधारा । नेपाली कांग्रेस प्रदेश समिति क्षेत्र नं. २ ‘ख’ झापाले ३८ औं वीपी स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ४८ पुरुष र ३ महिला गरि ५१ जनाले रक्तदान गरेका थिए ।

कोरोना कहरकै कारण रगत अभावले कोही कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले महामानव वीपी कोइरालालाई सम्झदै रक्तदान गरिएको बताइएको छ ।

रक्तदान कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, पूर्व कृषि राज्य मन्त्री सरीता प्रसाई, जिल्ला सभापति उद्धव थापा, नगर सभापति हेमराज खरेल, युवा दस्ता तरुण दलका मदन बुढाथोकी, महिला नेतृ सरस्वती सिटौला, लीला कटुवाल, किरण श्रेष्ठ, शनिश्चरे बहुमुखी क्याम्पसका स्ववियूका सभापति इशान पौडेल लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान शनिश्चरे चौक स्थित ज्येष्ठ चौतारीमा भएको थियो ।