अर्जुनधाराका कुष्ठरोगबाट प्रभावितलाई सामग्री वितरण « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधाराका कुष्ठरोगबाट प्रभावितलाई सामग्री वितरण


यलम्वर टाइम्स
१६ असार २०७७, मंगलवार ११:४१

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रमा रहेका कुष्ठ रोगबाट प्रभावित व्यक्तिलाई सहयोगी सामग्री वितरण गरिएको छ ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा मंगलबार भएको एक कार्यक्रमका बीच नगर प्रमुख हरिकुमार रानाले प्रभावित व्यक्तिलाई सामग्री हस्तान्तरण गरे ।

रोगबाट प्रभावित व्यक्ति कुष्ठरोगी नहुने बताउँदै उनले फरक क्षमता भएको व्यक्ति हुने गरेको नगर प्रमुख रानाले सुनाए ।

उनले कुष्ठ रोगबाट प्रभावित व्यक्तिको स्वास्थ्य लाभको कामना गर्दै प्रभावित व्यक्तिले कुष्ठ रोगबाट हुने असर र त्यसका बारेमा समाजमा चेतना फैलाउन आग्रह पनि गरे ।

सहयोग सामग्री वितरण कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल कुष्ठरोग संगति झापाका प्रमुख परशुराम पोखरेलले कुष्ठ रोगको अवस्थाबारे जानकारी गराएका थिए ।

नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले सञ्चालन गरेको कार्यक्रममा प्रभावित व्यक्तिलाई छाता, जुत्ता, बकेट, स्टेराल गज, बेटाडिन, भ्यासलिन, जग, ब्यान्डेज उपलब्ध गराइएको थियो ।

अर्जुनधारामा ८ जना कुष्ठ रोगबाट प्रभावित रहेका छन् ।