श्रद्धाको ११ औं वार्षिक साधारणसभा सम्पन्न « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

श्रद्धाको ११ औं वार्षिक साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२५ कार्तिक २०७६, सोमबार ११:३४

अर्जुनधारा । अर्जुनधारा–८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार सामुदायिक भवनमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमसागर सापकोटाले समृद्ध सहकारी र सुखी सदस्य बनाउनका लागि अग्रसर रहेको बताएका छन् ।

अध्यक्ष सापकोटाले आफ्ना सदस्यहरुको आर्थिक समृद्धिको लागि अग्र्यानिक उत्पादनमा जोड दिँदै व्यवसायिक बन्नमा जोड दिने बताए ।

उनले कृषकहरुको जीवनस्तर उकास्नकै लागि संस्थाको उदय भएको बताउँदै सदस्यहरुको आर्थिक उन्नतिका लागि व्यवसायिक तालिम, अवलोकन भ्रमण, उद्यमशिलतामा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै संस्थाको गत आर्थिक वर्षमा ८९ लाख ९४ हजार १ सय ५६ रुपैयाँ बचत रहेको बताए ।

उनले चालु आर्थिक वर्षमा २ करोड ७७ लाख ५६ हजार ७ सय १९ रुपैयाँ आम्दानी गरेको र २ करोड ७९ लाख ३ हजार ७ रुपैयाँ व्यय रहेको बताउँदै ८८ लाख ४८ हजार ८ सय ६९ रुपैयाँ मौज्दात रहेको सुनाए ।

संस्थाका शेयर सदस्यहरुको बृहत उपस्थितिमा भएको कार्यक्रममा गत वर्षझै यस वर्ष पनि विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

साधारणसभामा असल ऋणी सरस्वती चौधरी, असल बचतकर्ता कृष्णमाया सुवेदी, असल कृषक दिपेन्द्र आचार्यलाई सम्मान गरिएको थियो भने संस्थामा आवद्ध ज्येष्ठ शेयर सदस्यद्वय बिर्जुलाल गिरी र इन्द्रमाया राईलाई सम्मान गरिएको थियो ।

यसरी नै शेयर सदस्यहरुका छोराछोरीतर्फ एसईई परीक्षामा संस्थागततर्फबाट उत्कृष्ट हुने अस्मिता पोखरेल र सामुदायिकतर्फबाट जितेन्द्र तामाङलाई नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका ज्येष्ठ शेयर सदस्य तोरणप्रसाद दाहाल रहेका थिए ।

कार्यक्रममा प्रदेश संसाद बृख प्रधान, जिल्ला सहकारी संघ झापाका सदस्य गणेश ढकाल, ऋद्धिसिद्धी महिला कृषि सहकारीकी अध्यक्ष कुसुम राई, कालिका सहकारीका कर्ण तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष भैरवबहादुर खड्का, नगर कार्यपालिका सदस्य दिलिप गुरुङ, कृष्णप्रसाद चापागाई, मेनुका पौडेल लगायतको आतिथ्य रहेको थियो ।

संस्थाका सचिव छविलाल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य देवीप्रसाद पाठकले गरेका थिए ।
साधारणसभा पश्चात हुने बन्दसत्रले संघको नयाँ नेतृत्व चयन गरिने जनाइएको छ ।