हेला गरे डोको तयारी « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

हेला गरे डोको तयारी


यलम्वर टाइम्स
२१ भाद्र २०७३, मंगलवार ०९:५२

11शनिअर्जुन / नेकपा एमालेका मधेसवादी नेता लालबाबु पण्डितले वृद्ध बाबुआमालाई हेला गरे नातिले पनि त्यसरी नै हेला गर्ने बताए ।

एमाले शनिअर्जुन–२ वडा कमिटीले वृद्ध बुबाहरुलाई सम्मान गर्ने क्रममा प्रमुख अतिथि पण्डितले वृद्ध बुबाआमालाई डोकोमा बोकी भीरबाट खसाई दिएको कथा सुनाउँदै अब नवजवान छोराछोरीहरुले हेला गरे तिनलाई पनि तिनका छोराछोरीहरुले डोको तयार गरिराख्ने बताए । उनले अगाडि भने –हाम्रो पार्टीले वृद्धहरुका लागि विशेष सुविधाका साथ वृद्ध भत्ता बढाइदिएर गुन लगाएको हुँदा वृद्ध बुबाहरुले हामीलाई माया गर्नुपर्ने जोड दिए । हामी अब वृद्धवुद्धाहरुलाई त्यतिकै मर्न दिने छैनौं । विदेशी जस्तै ऐसआराममा बिताउन विभिन्न रणनीतिक प्रदान गर्ने छौं । वृद्ध भत्तालाई थप सुविधा प्रदान गर्ने छौं । हेला गरी हिंड्ने छोराछोरीहरु तपाईहरुलाई आएर हेर्ने वातावरण मिलाइदिने छौं भन्दा सम्मानित वृद्धहरु मुसुमुसु मुस्कुराइरहेका देखिन्थ्ये ।

सादा जीवन, उच्च विचार राख्ने मधेसवादी नेता पण्डितले राष्ट्र समुन्नतको बाटोमा दौडिरहेको बेला हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारलाई चुक्लि खेली ढालेर नयाँ सरकार बनेको छ । यसलाई पनि आउने सन्ततिले बाबुआमालाई फ्याँकेर राखेको डोको जस्तै आउने सरकारले त्यही डोकामा लगि फ्याँक्ने छ भनी वृद्धहरुमाझ प्रस्ट्याए । वडा नं. २ का अध्यक्ष रमेश त्रिखत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले वृद्धहरु माझ आफ्नो पार्टीको अवधारणा र गर्दै आएको क्रियाकलापबारे प्रस्ट्याएका थिए ।

कार्यक्रममा झापा क्षेत्र नं. ४ का अध्यक्ष हरि रानाले वृद्धहरुको आशिर्वाद पार्टीलाई आवश्यक भएको बताए । उपस्थित ८० भन्दा बढी वृद्धहरुलाई प्रमुख अतिथि पण्डितले टिका लगाइदिएका थिए भने विशिष्ट अतिथि चिन्तन पाठक, नेता कुन्दन भट्टराई, हरि राना, तुलसी श्रेष्ठ, टेकेन्द्र पौडेल, अमृत लामिछाने, श्रीप्रसाद कटुवाल लगायतले दोसल्ला ओढाइदिएका थिए ।