बिर्तामोडका सामुदायिक विद्यालयमा अनिवार्य इ हाजिरी « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

बिर्तामोडका सामुदायिक विद्यालयमा अनिवार्य इ हाजिरी


यलम्वर टाइम्स
१ फाल्गुन २०७५, बुधबार ०९:३२

बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तर्गत रहेका १८ सामुदायिक विद्यालयमा अनिवार्य इ हाजिरी सेवा सुरु भएको छ ।

ती विद्यालयमा कार्यरत शिक्षकहरुले फागुन १ गते (आज)देखि अनिवार्य रुपमा इ हाजिरी गर्नु पर्ने भएको छ ।

यो सेवाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले गरेका हुन् । नगरकी सामाजिक समितिकी संयोजक संगीता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी युवराज पाण्डेले नगरको शिक्षाको अवस्था बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नगर शिक्षा अनुगमन समितिका संयोजक उमानाथ ओलीले तयार पारेको अनुगमन प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले समेत मन्तव्य राखेका थिए ।

इ हाजिरी सेवाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा १८ वटै विद्यायलका प्रधानाध्यापक, संचालक समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।