अर्जुनधारा ४ मा एमालेको वर्चश्व तोडे कटुवालले « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

अर्जुनधारा ४ मा एमालेको वर्चश्व तोडे कटुवालले


यलम्वर टाइम्स
४ जेष्ठ २०७९, बुधबार ०७:५१

अर्जुनधारा । लामो समय नेकपा एमालले वर्चश्व रहेको अर्जुनधारा नगरपालिकाको वडा नं. ४ यो पटक गठबन्धनले भत्काइदिएको छ ।

अर्जुनधारा निर्वाचन आयोगले दिएको विवरण अनुसार गठबन्धनका उम्मेद्वार अम्बरबहादुर कटुवालले एमालेका एकदेव खनाललाई ५८३ मतान्तरले पराजीत गरेपछि वडा नं. ४ मा पहिलो पटक एमालेको वर्चश्व तोडेको हो ।

कटुवालले १६६० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी एमालेका एकदेव खनालले १०७७ मत प्राप्त गरेका छन् ।

सामाजिक क्षेत्रमा अग्रसर कटुवाल यसअघि दहिझोडा सामुदायिक वन, दुर्गा पाञ्चायन मन्दिर लगायत क्षेत्रमा काम गरिसकेका छन् ।

शालिन भद्र स्वाभावका कटुवालले उम्मेद्वारी दिँदा विजय हाँसिल गर्नसक्ने अनुमान वडावासीहरुले गरेका थिए ।

सो वडामा गठबन्धनका दुइ परिषद् सदस्य कोपिला थापा र सीतादेवी विश्वकर्मा विजयी भएका छन् भने एमालेबाट अमृतबहादुर बुढाथोकी र जीतबहादुर लिम्बू निर्वाचित भएका छन् ।

प्रमुख पदमा भने बलदेवसिंह गोम्देनको ७४३० र गठबन्धनकी उम्मेद्वार रञ्जीता कार्कीको ६६०६ मत खसेको छ ।

उपप्रमुखमा नेकपा एमालेकी खड्गमाया पराजुलीले ७३५३ मत पाउँदा गठबन्धनका जीतेश योञ्जनले ४१५७ मत प्राप्त गरेका छन् ।

अहिल वडा नं. ६ र ७ को मत गणना सुरु भएको छ ।