खोलाको तटबन्धन, हात्तीको समस्या न्यूनिकरण गर्नेछौं: नेकपा एमाले « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

खोलाको तटबन्धन, हात्तीको समस्या न्यूनिकरण गर्नेछौं: नेकपा एमाले


यलम्वर टाइम्स
२२ बैशाख २०७९, बिहीबार १२:४२

दहिझोडा । नेकपा एमालेको चुनाव प्रचार अभियान अन्तर्गत वडा नं. ४ को दहिझोडामा चुनावी सभा भएको छ ।

आयोजित सभालाई सम्बोधन गर्दै एमालेका प्रत्यासी उम्मेद्वार बलदेव गोम्देनले यस क्षेत्रका समस्यालाई समाधान गर्न आफू कटिबद्ध भएको बताएका छन् ।

उनले वर्षौदेखि खोला तथा हात्तीबाट पीडित यस क्षेत्रका वासीहरुको समस्यामा मल्हम पट्टी लगाउन आफू तयार रहेको बताउँदै एमालेको टिमलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुखका प्रत्यासी खड्गमाया पराजुलीले पनि महिलाको हक अधिकारका लागि सबै क्षेत्रमा न्यायोचित व्यवहार गर्न आफ्नो उम्मेद्वारी रहेको बताइन् ।

वडाध्यक्षका उम्मेद्वार एकदेव खनालले वडा नं. ४ को विकाससँगै यस क्षेत्रका जनसमुदायको सेवक हुन जनतामाझ आएको बताए ।

खनालले अगाडि भने, ‘कयौं समस्याबाट वडा नं. ४ का जनता पीडित छन् । हामीलाई मत दिएर विजयी गराए ती समस्यालाई हल गर्न एमाले तयार छ ।’

दहिझोडामा आयोजित सभामा एमाले नेता अग्नी खरेलले यस क्षेत्रको पीडाका विषयमा सम्बोधन गर्दै गर्दा स्थानीयहरुले प्रश्न गरेपछि यस क्षेत्रको पीडासँगै तटबन्धनका लागि पूर्ण प्रतिवद्धता रहेको नेता खरेलले बताए ।

सभामा नगर प्रमुख हरिकुमार राना, माननीय बृख प्रधान लगायत अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिए ।

नेकपा एमालेले भोली २३ गते वडा नं. ७, पर्सी २४ गते वडा नं. ५ मा चुनावी अभियान गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।