नगरवासीको न्यानो मायाबाट विजय नजिकः प्रमुख पदका उम्मेद्वार कार्की « Yalambar Times
१२ चैत्र २०८०, सोमबार

नगरवासीको न्यानो मायाबाट विजय नजिकः प्रमुख पदका उम्मेद्वार कार्की


यलम्वर टाइम्स
२१ बैशाख २०७९, बुधबार १०:२६

शनिश्चरे । गठबन्धनका प्रमुख पदका उम्मेद्वार अधिवक्ता तथा महिला नेतृ रञ्जीता कार्कीले नगरवासीको न्यानो मायाबाट विजयको नजिक पुगेको बताएकी छिन् ।

वडा नं. ८ अन्तर्गत घरदैलो अभियानपछि शनिश्चरे बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनको घोषणापत्र नगरवासीको हातमा पुगेको र महिला प्रमुखको उम्मेद्वारका कारण आशिर्वाद प्रशस्त प्राप्त गरेको हुँदा विजय नजिक पुगेको अनुभव सुनाइन् ।

गठबन्धनले समग्र नगरवासीलाई सम्बोधन हुने, १२ कक्षासम्म निःशुल्क शिक्षा, ५० वर्षमाथिका सबै नागरिकलाई वर्ष एक पटक निःशुल्क पूर्ण शारीरिक चेकजाँच, कृषि योग्य जमिनमा बाह्रै महिना सिचाई, विपद व्यवस्थापनमा उचित योजना, शनिश्चरे प्रहरी चौकीलाई इलाका प्रहरी, सहकारीमा आवद्ध गराएर नगरवासीलाई प्रोत्साहन, पर्यटकलाई प्रवद्र्धन, एक घर एक रुख, एक गाउँ एक वन र दहिझोडा, साठ्ठीमुरे, लाप्चेटर, गुन्द्रुके, माटे, गौमुखी, गिरान, काली खोलालाई विशेष क्षेत्र बनाई बजेत तर्जुमा गरी विषेश कार्यक्रम गर्ने योजना लिइ ती क्षेत्र घुम्दा अब विजय गठबन्धनको भएको बताइन् ।

कोणसभामा प्रमुख अतिथि बीरमणि ढकालले अर्जुनधाराको विगतका बारे बताउँदै कम्युनिष्टको हातमा ३० वर्ष राज हुँदा पनि इलाम जोडिने न बाटो बन्न सक्यो, न कृषिमा क्रान्ति नै गर्न सक्यो । ति कुराहरु नहुँदा अर्जुनधारावासीमात्र होइन यो क्षेत्र नै ओझेलमा परेको हुँदा अब जनताले एक पटक गठबन्धनलाई साथ दिन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाओवादीका महिला नेतृ तथा केन्द्रीय सदस्य धर्मशिला चापागाईंले अर्जुनधाराको विकास गठबन्धनबाटै हुने विश्वास दिलाइन् ।

धेरै वर्ष नेकपा एमालेले जीतेको यो क्षेत्र विकासको काममा त्यति उज्यालो ढंगबाट हुन नसकेको सदियौं वर्ष पुरानो शनिश्चरे बजार परिवर्तन हुन नसकेको हुँदा अब गठबन्धनले शनिश्चरे बजारलाई झापाकै बजारको रुपमा पहिचान दिलाउने बताइन् ।

उपप्रमुख जीतेश योञ्जनले गठबन्धन आफैमा सक्रिय समूह भएको हुँदा अर्जुनधारा क्षेत्र गठबन्धनको हातबाट बाहिर नजाने पक्का भएको बताए ।

वडाध्यक्षका उम्मेद्वार गोपीचन्द्र गौतमले विगतमा रहेका अुधरा काम पूरा गरेर शनिश्चरे बजारलाई कृषि बजारमात्र नभई पर्यटकीय बजारको रुपमा उभ्याउने अठोट गरे ।

बजारलाई धार्मिक तथा पर्यटकीय बजार बनाउँदै बाहिरबाट आन्तरिक पर्यटकहरु भित्र्याउन गठबन्धनको अठोट भएको हुँदा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा तरुण दलका नेता मदन बुढाथोकीले नगरको विकासको काम मात्र होइन, कृषि, पशु र पर्यटकीय क्षेत्रमा पनि विकास गर्नुपर्ने भएको हुँदा त्यसतर्फ केन्द्रीत भएर अगाडि बढ्ने बताउँदै गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरे ।

वडा नं. ८ को शीतलादेवी मन्दिरबाट सुरु भएको घरदैलो अभियान नारायण चोक हुँदै शनिश्चरे बजारमा कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा महिला नेतृ सरस्वती गोले सिटौलाले नगरको अथाह समस्या गठबन्धनबाटै समाधान हुने भएको हुँदा विजय गराउन आग्रह गरिन् ।

कार्यक्रमा राजकुमार बराईली, भरत बुढाथोकी, इन्दिवर खड्का, दिपेन्द्र ढकाल, लीलादेवी कटुवाल, मिश्रकुमारी राई, पम्फा विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने नगर उपसभापति चतुर्भुज काफ्लेले गरेका थिए ।