स्मार्ट चोक र फ्रि वाईफाई गठबन्धनको एजेण्डा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

स्मार्ट चोक र फ्रि वाईफाई गठबन्धनको एजेण्डा


यलम्वर टाइम्स
२० बैशाख २०७९, मंगलवार १४:०१

अर्जुनधारा । गठबन्धनबाट प्रमुख पदकी उम्मेद्वार रञ्जीता कार्कीले नगरलाई विकासोन्मुख बाटोमा लैजानका लागि स्मार्ट चोक र फ्रि वाईफाई आवश्यकता भएको औल्याएकी छिन् ।

चुनाव प्रचार अभियान अन्तर्गत अर्जुनधारा नगरपालिकाभित्र प्रशस्त चोक र बजार उन्मुख स्थानको भएको हुँदा ति ठाउँहरुलाई स्मार्ट चोक बनाउन सके नमूना नगरपालिका हुनेमा दुइमत नहुने बताइन् ।

उम्मेद्वार कार्कीले यहाँहरुको अमूल्य सुझावसँगै प्राप्त मत भए ग्रामिण चोकलाई स्मार्ट चोकमा लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।

विगत लामो समयसम्म कम्युनिष्टले शासन गरेको अर्जुनधारा क्षेत्र विकासका लागि नेपाली कांग्रेस गठबन्धन भएर आएको प्रचार अभियानमा कांग्रेसका प्रदेश १ का सभापति उद्धव थापाले बताए ।

अर्जुनधारा–७ स्थित मिलडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एक पटक गठबन्धनलाई मत दिएर स्थानीय सरकारको बागडोर समाल्ने अवसर प्रदान गर्न आग्रह गरे ।

सभापति थापाले अर्जुनधारा नगर प्राकृतिक, जलस्रोत र धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यसलाई नमूना नगर बनाउन सकिने प्रशस्त आधार गठबन्धनको चुनावी घोषणापत्रमा भएको बताउँदै अवसर प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुखका प्रत्यासी जीतेश योञ्जनले समतामूलक समाजबाटै समृद्ध नगर हुने भएको हुँदा त्यसलाई लागू गर्न आफूहरु मत माग्न घरआँगनमा आएको बताउँदै न्याय प्रेमी जनताबाट मत प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला सचिव कृष्ण हुमागाईंले तानाशाह प्रविधिको अन्त्यको लागि गठबन्धनको उदय भएको बताए ।

वडाध्यक्ष प्रत्यासी नवराम ढुंगानाले वडालाई समृद्ध बनाउन धेरै काम गर्न बाँकी नै रहेको बताए । उनले आफ्नो कार्यकालमा जे जति गरे आउने दिनमा न्याय संगत विकासका लागि अहोरात्र वडामा खटिने बताए ।

चुनाव अभियानमा वडा सदस्यका उम्मेद्वारहरु ऐतराज नेम्वाङ ‘सन्तोष’, सुरेश लामिछाने, महिला सदस्य गंगा थापा, दलित महिला सदस्य गोमा पर्वते लगायतले घरआँगनमै पुगी मत मागेको उपसभापति चतुर्भुज काफ्लेले जानकारी दिए ।

अभियानमा पूर्वमन्त्री बीरमणि ढकाल, भरत बुढाथोकी, देवकला प्रसाई, दिपक ढकाल, भुवनेश्वर शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।