तिलरुपा निर्विरोध निर्वाचित भएसँगै स्थानीय निर्वाचनमा जनमुक्तिले खाता खोल्यो « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

तिलरुपा निर्विरोध निर्वाचित भएसँगै स्थानीय निर्वाचनमा जनमुक्तिले खाता खोल्यो


यलम्वर टाइम्स
२० बैशाख २०७९, मंगलवार १२:००

माङसेबुङ । इलाम माङ्सेबुङकी जुझारु महिला नेतृ तथा उद्यमी तिलरुपा सबेन्हाङ राष्ट्रिय जनमुक्ति पार्टीबाट माङ्सेबुङ वडा नं. ५ को सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् ।

सर्वसम्मत निर्वाचित भएसँगै सबेन्हाङ राष्ट्रिय जनमुक्ति पार्टीबाट पहिलो जनप्रतिनिधि बनेकी छिन् । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को महिला वडासदस्य पदमा तिलरुपा सबेन्हाङ लिम्बू निर्विरोध निर्वाचित भएकी हुन् ।

स्वतन्त्र उम्मेद्वार महिला सदस्य चन्द्र इङ्नाम सेन्दाङले उम्मेदवारी फिर्ता लिएपछि जनप्रतिनिधिको रुपमा उनको बाटो खुलेको थियो । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई विजयी घोषणा गर्ने जनाएको छ ।