जनमुक्तिको माई नगरपालिकामा मनबहादुर « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

जनमुक्तिको माई नगरपालिकामा मनबहादुर


यलम्वर टाइम्स
७ बैशाख २०७९, बुधबार ०५:२८

माई । राष्ट्रिय जनमुक्ति पार्टी माई नगरपालिकाको प्रथम अधिवेशनले मनबहादुर माखिमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।

वडा नं. ७ को कपरसुकाको खेल मैदानमा आयोजित अधिवेशनले उपाध्यक्षमा रुपमाया फागो, सचिव कोनाहाङ नेम्वाङ, सहसचिव विशाल फागो (आइतराज), कोषाध्यक्ष गीता लिम्बू थेगिम चुनिएका छन् ।

यसरी नै सदस्यमा जंगबहादुर केरुङ, खड्गबहादुर लिम्बू, मनिता फागो, हर्कमाया आङदाम्बे, अञ्जान मगर, टेकबहादुर लिम्बू चयन भएका छन् ।

सल्लाहकारमा भने छत्रबीर केरुङ, बोलिहाङ तुम्बापो, बलबहादुर राई र ठालुमान योङहाङ रहेका छन् । उक्त समितिलाई महिला मोर्चाकी नेतृ तिलरुपा सवेहाङले सपथ ग्रहण गराएकी थिइन् ।

अध्यक्ष पदमा निर्वाचित भएपछि मनबहादुर माखिमले माई नगरपालिका जस्तो अध्याधिक अदिवासी जनजाति बसोबास गरेको ठाउँमा पुल बाटो त बन्यो । मानव संसाधन तथा भाषा, लिपी, संस्कार संस्कृतिको विकास हुन नसकेको हुँदा हाम्रो दल त्यसतर्फ सक्रिय भएर जाने प्रतिक्रिया दिए ।