माई नपामा चैत ३० गतेसम्म टाइफाइट खोप सञ्चालन « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

माई नपामा चैत ३० गतेसम्म टाइफाइट खोप सञ्चालन


यलम्वर टाइम्स
१९ चैत्र २०७८, शनिबार ०९:००

[बीरु लिम्बू]

माई । इलामको माई नगरपालिकाले टाइफाइट खोप अभियान सञ्चालनबारे सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

माई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा शाखा प्रमुख पुष्कर कट्टेलले आगामी चैत्र २६ गतेबाट चैत्र ३० गतेसम्म टाइफाइट खोप अभियान गरिने जानकारी दिए ।

कट्टेलका अनुसार खोप कार्यक्रम माईका सम्पूर्ण विद्यालयहरु तथा सामुदायिक केन्द्रबाट सञ्चालन गरिनेछ ।

शाखा प्रमुख कट्टेलले १५ महिना पूरा भएकादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने बताए । उनले खोप कार्यक्रमका विषयमा गलत हल्ला चलाइएको हुँदा हल्लाको पछि नलनग्न समेत आग्रह गरे ।

टाइफाइट विरुद्धको खोप लगाउदा कसैकसैलाई वाकवाकी लाग्ने, शरीर फुस्रो हुने, मुटु ढुकढुक हुने जस्ता सामान्य लक्ष्यण देखिन सकिने भन्दै यदि त्यस्तो भइहाले स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरे ।

टाइफाइट दुषित पानीको सेवनबाट लाग्ने र टाईफाईटकै कारण नेपालमा धैरैको ज्यान जाने गरिएकाले रोकथामका लागि अभियान सञ्चालन गरिएको जनाईएको छ ।