अधिकार दिलाउन राष्ट्रिय जनमुक्ति आतुर छ « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

अधिकार दिलाउन राष्ट्रिय जनमुक्ति आतुर छ


यलम्वर टाइम्स
१२ माघ २०७८, बुधबार ०६:०५

काठमाण्डौ । पछिल्लो पटक जनमुक्ति पार्टीको संगठन विस्तार र छैठौं महाधिवेशनले निखारेर ल्याएको दस्तावेज गाउँगाउँमा पुगेपछि विपक्षी दलहरु आत्तिएको विज्ञप्तीमा जनाइएको छ ।

पार्टीको ३१ औं स्थापना दिवसको अवसरमा पहिचानवादी शक्तिको रुपमा स्थापित गर्न र त्यसलाई कार्यान्वय पक्षमा उभ्याउन पार्टी लागि परेको हुँदा विपक्षीहरु आत्तिन पुगेको उल्लेख छ ।

जनता जागौं अभियानले हजारौं मानिसहरु पार्टीमा गोलबद्ध भएपछि विपक्षीहरु आत्तिनु स्वाभाविक भएको पार्टीका अध्यक्ष केपी पालुङ्वाले प्रतिक्रिया दिए ।

अध्यक्ष पालुङ्वाका अनुसार पञ्चायती शासन र लोकतन्त्रमा भएको भ्रष्टाचार उस्ताउस्तै भएको हुनाले पञ्चायतपछि लोकतन्त्रका नायिके हुँ भन्ने ठूला दलहरु भ्रष्टाचारको दलदलमा फसेर जनतालाई कंगाल बनाएकोमा आपत्ति प्रकट गरे ।

पहिचानको नाममा जनताको मतलाई बेवास्ता गरि आफू खुशी नाम राख्न आतुर ठूला दलका नश्लीय नेताहरुप्रति आपत्ति प्रकट गरे ।

हामी ३१ औं वर्षको अभ्यासमा छौं जनता र माटोले सुहाउँदो अधिकार प्रत्याभूत गर्न सक्रिय छौं । जनता जागौं अभियान हाम्रो पहिलो अभियान रहेको हुनाले जनता जागौं कार्यक्रममा भ्रष्टाचारी, कालाबजारी, कमिशन खोरी आत्तिएको हुँदा दोस्रो अभियान अझ सशक्त रुपमा अगाडि सारेर जनतामाझ आउने अध्यक्ष पालुङ्वाले जानकारी दिए ।

पार्टीका कार्यकारी अध्यक्ष युवा नेता केशव सूर्यवंशीले गाउँ–गाउँमा सिंहदरबार त पुग्यो तर, नश्लीय धारका जनप्रतिनिधिहरुले वडावडामा भ्रष्टाचारको विजारोपण गरेर वडाबाट नै जनतालाई महंगीको बाटोमा उभ्याएको प्रतिक्रिया दिए ।

पार्टीको ३१ औं स्थापना दिवसको अवसरमा कार्यकारी अध्यक्ष सूर्यवंशीले पहिलो चरणको जनता जागौं अभियानमा भ्रष्ट सिंहदरबारमा मात्र होइन, वडासम्म पुगेको निचोड पार्टीले निकालेको बताए ।

पालिकामा रहेका ठूलठूला नदी, तलाउमा प्रकृति दोहन गरेर जनता मारा अभियानमा उनका कार्यकर्ता लाग्दा पनि पार्टी चुप लाग्नु दुःख लाग्दो छ ।

कार्यकारी अध्यक्ष सूर्यवंशीले अगाडि भने महंगी र कोरोनाको आक्रमणले जनता हदै मारमा परेको कारण संघ, प्रदेशसँगै पालिका सरकार पनि मौन रहनु जनतालाई यहाँभन्दा अर्को पीडा के रहन सक्छ ? भन्दै प्रश्न गरे ।