विज्ञान प्रदर्शनीसँगै भानु माविको ६२ औं वार्षिकोत्सव सम्पन्न « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

विज्ञान प्रदर्शनीसँगै भानु माविको ६२ औं वार्षिकोत्सव सम्पन्न


यलम्वर टाइम्स
२३ पुष २०७८, शुक्रबार ०८:५८

अर्जुनधारा । अर्जुनधारा क्षेत्र अन्तर्गत प्राविधिक शिक्षाको रुपमा परिचित अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनीसँगै आफ्नो ६२ औं वार्षिक उत्सव मनाएको छ ।

विद्यालयमा अध्ययनरत प्राविधिक छात्रछात्राका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको वार्षिक उत्सव कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका सिभिल इञ्जीनियरीङका विद्यार्थीहरुले बनाएको सुङगमार्ग, सुन्दर शहर, ठूला पुल, रोबर्ट लगायतका डेमोहरुको प्रदर्शन गरिएको थियो ।

प्रदर्शन हेर्न अभिभावक तथा अतिथिहरु लालयीत थिए । प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले सिभिलका विद्यार्थीहरुले बनाएका विज्ञानमैत्री सामग्रीको अवलोकन गर्दै विद्यार्थीहरुलाई धन्यवाद प्रदान गरेका थिए ।

सोही अवसरमा विद्यालयले कक्षा ८, ११, १२ र एसईईमा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

विद्यालयले देवी–तुलसा शिक्षा स्मृति पुरस्कार, पुरुषोत्म अक्षयकोष, धनमाया खनाल शिक्षा अक्षयकोष र लालबहादुर–जशोदा स्मृति शिक्षा अक्षयकोषबाट १९ जना छात्रछात्रालाई सम्मान गरिएको थियो ।

विगतका वर्षमा कोरोना महामारीका कारण छात्रवृद्धि वितरण गर्न नसकिएको जानकारी गराउँदै देवी–तुलसा २०७६ बाट छात्राबाट सर्वोकृष्ट अंक ल्याउने आकृति धिमाल र छात्रहरुबाट समान सर्वोकृष्ट जीपीए प्राप्त गरेका सौरव शिवाकोटी, सुमन खड्का, राजीव चौम्लगाई, मोहन सिग्देल, विवेक पराजुली र विवेक श्रेष्ठलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको विद्यालयका प्रअ रुपक दहालले बताए ।

उनका अनुसार सोही अक्षयकोषबाट २०७७ सालमा छात्रा पूजा मैनाली, स्वस्तिका खड्का, छात्र आर्यन पौडल, पुरुषोत्तम अक्षयकोषबाट २०७७ र २०७८ का लागि क्रमशः सन्दिप कट्टेल, आकृति धिमाल र धनमाया खनाल शिक्षा कोषबाट २०७६ र २०७७ का लागि क्रमशः निशान कार्की, अस्मिता विकलाई प्रदान गरिएको थियो ।

यसै गरी लालबहादुर–जशोदा शिक्षा कोषबाट २०७७ र २०७८ मा अस्मिता खतिवडा, ओमकुमार विश्वकर्मा, सोनिका पौडेल, दिव्या भट्टराई र सन्दिप कट्टेललाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

सोही अवसरमा विगत ३५ वर्षदेखि विद्यालयमा सहयोगी भूमिका निर्वाह गर्दै आएका गञ्जबहादुर बुढाथोकीलाई बिदाइ गरिएको थियो ।

अर्जुनधारा वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत डेगनाथ खतिवडाले गरेका थिए भने उपस्थित अभिभावक माझ प्रअ रुपक दहालले विद्यालयको वार्षिक गतिविधि र आगामी दिनमा गरिने कार्यको बारे विवरण पेश गरेका थिए ।

विद्यालयका शिक्षक देवीप्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष युवराज खड्का, शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, युवा व्यवसायी विशाल थापा लगायत अर्जुनधारा क्षेत्रका प्रअहरुको उपस्थिति रहेको थियो ।