दुब्र्यसनी न्यूनिकरणका लागि बुद्धशान्तिमा फुटबल « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

दुब्र्यसनी न्यूनिकरणका लागि बुद्धशान्तिमा फुटबल


यलम्वर टाइम्स
१२ पुष २०७८, सोमबार ०७:२१

शान्तिनगर । झापाको बुद्धशान्ति–१ भोटेटारमा लागूऔषध दुब्र्यसनी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

पछिल्लो समय लागूऔषध प्रयोगकर्ता बढ्दै गएको र रोकथामका लागि फुटवल सहयोगी बन्ने अपेक्षा आयोजकको छ ।

फुटबल खेलमा उनीहरुलाई ब्यस्त राख्ने, लागूऔषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागूऔषध विरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, विपन्न विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने र नमुना आधारभूत विद्यालयमा स्थापित अक्षयकोषलाई वृद्धि गरि १ लाख रुपैयाँ बनाउने उद्देश्यले यहि पौष १७ गते देखि २४ गतेसम्म फुटवल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।

न्यू–स्टार युथ क्लवले आयोजना गर्ने सो फुटवल प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको खेल संयोजक नन्दकुमार याम्फु (राई) ले जानकारी दिए ।

प्रतियोगितामा झापा, मोरङ र इलामका चलेका ८ वटा फुटवल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ । जिल्ला फुटबल संघ झापाले उक्त फुटवल आयोजना गर्न स्विकृती दिएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उप–विजेता टोलीले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कमल मुखियाले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड–फिल्डर, फरवर्ड, उच्च गोलकर्ता लगायतले पुरस्कार पाउने क्लवका सचिव गजुहाङ लिम्बूले बताए ।

उनका अनुसार बुद्धशान्ति गा.पा.को उत्तरी क्षेत्रमा रहेको भोटेटारको प्रचार–प्रसार संगै फुटवल खेलको प्रवद्र्धन गर्न प्रतियोगिता सहयोगी बन्ने छ । भोटेटार खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करीव ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।