भुजेल समाजसेवाले प्रकृति पुज्दै उद्यौली पर्व मनायो « Yalambar Times
८ बैशाख २०८१, शनिबार

भुजेल समाजसेवाले प्रकृति पुज्दै उद्यौली पर्व मनायो


यलम्वर टाइम्स
४ पुष २०७८, आईतवार १४:४८

अर्जुनधारा । भुजेल समाजसेवा अर्जुनधारा नगर समितिले प्रकृतिको पूजा गर्दै प्हुगाल पारीम अर्थात् भूजेली पर्व उद्यौली भव्य रुपमा मनाएको छ ।

सोमबार टाङटिङ खोलाको किनारमा समाजले सूर्य (व्याम), हावा (हाउसिरीङ्ग), जल (ती), जंगल (फुई) र माटो (सा) को विधिवत पूजाअर्चना गरी मनाएको हो ।

समितिका अध्यक्ष मानबहादुर भूजेलको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भूजेल समाज सेवाका केन्द्रीय सदस्य केशर खवासले गरेका थिए ।

सोही कार्यक्रममा भुजेल समाजका ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरु इच्छामाया भूजेल, कालीबहादुर भूजेल, खड्गबहादुर भूजेल, पदमबहादुर भूजेल र शुक्रबहादुर भूजेललाई दोसल्ला ओढाई सम्मान गरिएको सल्लाहकार संयोजक इश्वर खवासले जानकारी दिए ।

कार्यक्रममा भूजेल समाज सेवाका संस्थापक केन्द्रीय अध्यक्ष भीम खवास, समाज झापाका अध्यक्ष केशर भूजेल, समाजका बिर्तामोड प्रतिनिधि याम भूजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सल्लाहकार संयोजक इश्वरबहादुर
खवासले भुजेल जातिको उत्पत्ति, विकास र इतिहासको बारेमा प्रस्ट्याएका थिए ।

समाजका उपाध्यक्ष राजु भूजेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजका जनक भूजेलले गरेका थिए ।