अर्जुनधाराको किरातेश्वर माङहिमको प्राण प्रतिष्ठासँगै महागुरु फाल्गुनन्दको शालिक अनावरण गरिने « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधाराको किरातेश्वर माङहिमको प्राण प्रतिष्ठासँगै महागुरु फाल्गुनन्दको शालिक अनावरण गरिने


यलम्वर टाइम्स
२३ मंसिर २०७८, बिहीबार ११:०१

अर्जुनधारा । अर्जुनधारा–९ स्थित सालबारीमा रहेको किरातेश्वर हाङसाम थेवा युमा माङहिमको प्राण प्रतिष्ठासँगै नवनिर्मित किरात महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गर्न किरात धर्म गुरु आत्मानन्द लिङ्देन आउने भएका छन् ।

माङहिमको प्राण प्रतिष्ठा र १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा अनावरण गर्नका लागि किरात गुरु लिङ्देन आउने भएको फाल्गुनन्द प्रतिष्ठानले जनाएको छ ।

विहीबार फाल्गुनन्द प्रतिष्ठानले माङहिम परिषरमा पत्रकार सम्मेलन गर्दै किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको उक्त स्थानमा २४ गते होमादी पाठ र गाली श्राप बगाउने, २५ गते ११ जना किरात सेवा सावाबाट मुन्दुमी पाठसँगै भूमि पूजा र २६ गते शालिक अनावरण गर्ने कार्यक्रम रहेको बताएको छ ।

बहुभाषिक, धार्मिक पर्यटकीय वनको रुपमा रहेको नमूना सामुदायिक वनको हातामा रहेको माङ्हिम ६ कठ्ठा क्षेत्रफलमा रहेको छ ।

माङहिम परिषरमा मूल मन्दिरसँगै, महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक, धुनी कुण्ड, पूजारी आश्रम, मूल गेट, शौचालय निर्माण गरिएको जानकारी गराउँदै यसका लागि संघीय सरकारको २० लाख, तत्कालीन जिल्ला विकास समितिबाट ५ लाख र दाताहरुको २५ लाख गरी ५० लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

फाल्गुनन्दको शालिक १० लाख रुपैयाँमा मुर्तिकार भक्त राईले निर्माण गरेको बताइएको छ । कार्यक्रमको प्रमुख अतिथि भने प्रज्ञा प्रतिष्ठानको उपकुलपति प्रा.ड. गंगाप्रसाद उप्रेती रहने जनाएका छन् ।

कार्यक्रमलाई आकर्षित र भव्य बनाउनका लागि मोहन सुब्बाको संयोजकत्वमा कार्यक्रम स्थल (स्टेज) व्यवस्थापन समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा खगेन्द्र इङनाम, केन्द्रकुमार योङहाङ, लवकुश गौतम, कृष्णकुमार इङनाम, बुद्धिमान लिम्बू, मनबहादुर थेगुवा, वीपी कोइराला रहेको छन् ।

यसरी नै स्वयम्सेवक परिचालन समितिको संयोजकमा लवकुश गौतम, सदस्यहरु बुद्धिमान लिम्बू, महेन्द्र इङ्नाम, मनोज तामाङ, आशिष राई, कर्मसेन गोम्देन तामाङ, रुपेश लिम्बू, चन्द्र सुवेदी नन्दलाल खतिवडा, विजय इङ्नाम रहेका छन् ।

त्यस्तै अनुगमन समितिमा संयोजक लक्ष्मी इङ्नाम, सदस्यहरु शेरबहादुर इङ्नाम प्रेमराज इङ्नाम, भुपेन्द्र न्यौपाने, बलिराज इङ्नाम, फिपराज कुरुङवाङ्ग, गीता राई इङ्नाम, खगेन्द्र लिङ्देन, मनबहादुर पाहिम, खगेन्द्र इङ्नाम रहेका छन् ।

त्यस्तै लवकुश गौतमको संयोजकत्वमा खगेन्द्र इङ्नाम, माया लिम्बू, मोहन सुब्बा, खगेन्द्र लिङ्देन, दिपीन राई, कुमार भट्टराई, रमेश समदर्शी, अमित खम्बू, राजन साम्पाङ्ग, नन्दलाल खतिवडा, पुष्पा जवेगु सदस्य रहने गरी प्रचारप्रसार समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यसै गरी अतिथि एवम् दानबीर दाता सत्कार सम्मान उपसमितिमा संयोजक शेरबहादुर इङ्नाम, सदस्यहरु मानबहादुर पाहिम, जहरमान फेम्बा, बलिराज इङ्नाम, जहरमान चेम्जोङ, सरोजकुमार ओली, दुर्गा योङहाङ, भिमकुमारी लिम्बू, अजितकुमार तेयुङ, खाद्य तथा पूजा प्रसाद समितिमा फिपराज कुरुङ्बाङ, तिलसिंह माङ्मु, ज्ञानेन्द्र इङ्नाम, कृष्ण इङ्नाम, गीता राई इङ्नाम, पूर्णहाङ सेनेहाङ, भिमकुमारी लिम्बू, पार्वती लिम्बू, चन्द्र सावा रहेका छन् ।

यसअघि नै २०७६ चैत १६ गते र २०७७ बैशाख २६ गते शालिक अनावरणको कार्यक्रम तय गरिएको भए पनि कोरोना महामारीका कारण हुन नसकेको प्रतिष्ठानका उपाध्यक्ष भुपेन्द्र तिम्सिनाले बताए ।