किरात गुरु आत्मानन्द लिङ्देन सालबारी आउने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

किरात गुरु आत्मानन्द लिङ्देन सालबारी आउने


यलम्वर टाइम्स
१६ मंसिर २०७८, बिहीबार ११:००

अर्जुनधारा । किरात धर्म गुरु आत्मानन्द लिङ्देन झापाको सालबारीमा आउने भएका छन् ।

महागुरु फाल्गुनन्दको प्रतिमा अनावरण गर्नका लागि यही २६ गते गुरु लिङ्देन आउने भएको आज भएको छलफलमा जनाएको हो ।

मंसीर २६ गते शालिक अनावरण कार्यक्रममा किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहने गरि विभिन्न उपसमिति पनि निर्माण गरिएको छ ।

शालिक अनावरण कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि फाल्गुनन्द प्रतिष्ठानले २ वर्ष अघिबाट तयारी गर्दै आएको थियो बिचमा देखिएको महामारीका कारण यो २६ गते अनावरण गरिने भेलाले जनाएको छ ।

किरात धर्मवालम्बीहरुको आस्थाको केन्द्र रहेको अर्जुनधारामा मंसीर २४ गते होमादी पाठ र गाली श्राप बगाउने, २५ गते ११ जना किरात सेवा सावाबाट मुन्दुमी पाठसँगै भूमि पूजा, २६ गते शालिक अनावरण गर्ने कार्यक्रम रहेको उल्लेख छ ।

कार्यक्रमको प्रमुख अतिथि भने प्रज्ञा प्रतिष्ठानको उपकुलपति प्रा.ड. गंगाप्रसाद उप्रेती रहने जनाएका छन् ।

विहीबार प्रतिष्ठानका उपाध्यक्ष भुपेन्द्र तिम्सिनाको सभापतित्वमा बसेको भेलामा प्रमुख अतिथि लक्ष्मी इङ्नाम रहेका थिए ।

२६ गतेको कार्यक्रमलाई सरलता प्रदान गर्न गुरुका स्वास्थ्य सचिव खगेन्द्र लिङ्देन, फोनिज प्रदेश इन्चार्ज दिपीन राई, चुम्लुङका तिलसिंह माङ्मु, प्रतिष्ठानका खगेन्द्र इङ्नाम, सेवा सावा फिपराज कुरुम्बाङ, मनबहादुर पाहिङ, माया लिम्बू, मोहन सुब्बा लगायतले आ–आफ्नो विचार राखेका थिए ।

सचिव लवकुश गौतमले सञ्चालन गरेको भेलामा यसअघि बनि बनेको उपसमितिको नामहरु सार्वजनिक गरेका थिए ।

कार्यक्रमलाई आकर्षित र भव्य बनाउनका लागि मोहन सुब्बाको संयोजकत्वमा कार्यक्रम स्थल (स्टेज) व्यवस्थापन समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा खगेन्द्र इङनाम, केन्द्रकुमार योङहाङ, लवकुश गौतम, कृष्णकुमार इङनाम, बुद्धिमान लिम्बू, मनबहादुर थेगुवा, वीपी कोइराला रहेको छन् ।

यसरी नै स्वयम्सेवक परिचालन समितिको संयोजकमा लवकुश गौतम, सदस्यहरु बुद्धिमान लिम्बू, महेन्द्र इङ्नाम, मनोज तामाङ, आशिष राई, कर्मसेन गोम्देन तामाङ, रुपेश लिम्बू, चन्द्र सुवेदी नन्दलाल खतिवडा, विजय इङ्नाम रहेका छन् ।

त्यस्तै अनुगमन समितिमा संयोजक लक्ष्मी इङ्नाम, सदस्यहरु शेरबहादुर इङ्नाम प्रेमराज इङ्नाम, भुपेन्द्र न्यौपाने, बलिराज इङ्नाम, फिपराज कुरुङवाङ्ग, गीता राई इङ्नाम, खगेन्द्र लिङ्देन, मनबहादुर पाहिम, खगेन्द्र इङ्नाम रहेका छन् ।

त्यस्तै लवकुश गौतमको संयोजकत्वमा खगेन्द्र इङ्नाम, माया लिम्बू, मोहन सुब्बा, खगेन्द्र लिङ्देन, दिपीन राई, कुमार भट्टराई, रमेश समदर्शी, अमित खम्बू, राजन साम्पाङ्ग, नन्दलाल खतिवडा, पुष्पा जवेगु सदस्य रहने गरी प्रचारप्रसार समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यसै गरी अतिथि एवम् दानबीर दाता सत्कार सम्मान उपसमितिमा संयोजक शेरबहादुर इङ्नाम, सदस्यहरु मानबहादुर पाहिम, जहरमान फेम्बा, बलिराज इङ्नाम, जहरमान चेम्जोङ, सरोजकुमार ओली, दुर्गा योङहाङ, भिमकुमारी लिम्बू, अजितकुमार तेयुङ, खाद्य तथा पूजा प्रसाद समितिमा फिपराज कुरुङ्बाङ, तिलसिंह माङ्मु, ज्ञानेन्द्र इङ्नाम, कृष्ण इङ्नाम, गीता राई इङ्नाम, पूर्णहाङ सेनेहाङ, भिमकुमारी लिम्बू, पार्वती लिम्बू, चन्द्र सावा रहेका छन् ।