अर्जुनधरा जलेश्वरधाममा पुराण सुरु « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधरा जलेश्वरधाममा पुराण सुरु


यलम्वर टाइम्स
११ मंसिर २०७८, शनिबार ०३:१९

अर्जुनधारा । अर्जुनधारा जलेश्वर धामको ३९ औं वार्षिक अनुष्ठान शुक्रबारबाट सुरु भएको छ ।

अनुष्ठान धार्मिक व्यक्तित्व तथा दाता कमल बस्नेत र झुमा बस्नेतले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरेका थिए ।

धामका अध्यक्ष नविन गट्टानीको सभापतित्वमा भएको कार्यक्रममा गल्ला उद्घाटन राजकुमार राई, यज्ञ उद्घाटन झुमा बस्नेत, धान्याञ्चल उद्घाटन रणमाया चौहान र धनमाया तिम्सिना र पुराण उद्घाटन प्रमुख वाचक सोमनाथ गौतम चिरञ्जीवि ढुंगानाले गरेका थिए ।

अर्जुनधारा धामबाट नगर परिक्रमा गर्दै अनुष्ठानमा सहभागि भएका थिए । नगर परिक्रममा शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थी, संस्कृत आदर्शका विद्यार्थी, महिला शक्ति, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उद्घाटन सभामा भजन गायक देवीभक्त श्रेष्ठ, मूल अर्चक अग्नीप्रसाद सिग्देल लगायतले आ–आफ्ना विचार राखेका थिए । धाम उपाध्यक्ष भिमचन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन भने अम्बिका खतिवडाले गरेका थिए ।

समापन भने १७ गते बालाचतुर्दशीका दिन सांगीतिक भजनसहित सम्पन्न हुने धामका प्रचार समितिका भानु शिवाकोटीले जानकारी दिए ।