चितवनमा जनमुक्ति युवाहरुको गर्जन « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

चितवनमा जनमुक्ति युवाहरुको गर्जन


यलम्वर टाइम्स
१० मंसिर २०७८, शुक्रबार ११:४२

चितवन । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघको छैठौं महाअधिवेशन चितवनमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन गर्दै महासचिव टोप अस्लामीले जनता जागौं अभियानमा युवा शक्तिहरुको दर्बिलो उपस्थितिका लागि आव्हान गरे ।

उनले जनमुक्ति विचारधार ठूला दलका लागि पहाड भएको बताउँदै जनमुक्ति विचारधाराबाटै आमूल परिवर्तन हुने बताए । पार्टीको सिद्धान्त, जनतालाई पूर्ण अधिकार, राष्ट्रलाई सुशासन कायम गर्नु हो । यो कार्य हामी पूर्ण रुपमा सफल बनाएरै छाड्ने बताए ।

आदिवासी जनजाति अल्पसंख्यक मधेस र दलितको मात्र होइन अन्य जातिको पनि मातृ पार्टी बनाउन जनमुक्ति पार्टी जनता जागौं अभियानमा जुटेको दर्शाउँदै ठूला दलका भोटर भएर समय फ्याक्नुभन्दा जनमुक्तिमा रहेर अधिकार लिन अगाडि बढ्न सबैमा आग्रह गरे ।

युवा महासंघका अध्यक्ष सन्त गाहाको अध्यक्षतामा भएको कार्यक्रममा अर्का अध्यक्ष ममता बुढाथोकी, पार्टी उपाध्यक्ष मणिराम चम्लगाई, गंगा खासु, गीता सारु, केशरी तामाङ, केशबहादुर पुन, पूर्ण राना, लालबहादुर गोतामे, रामप्रसाद घले लगायतले पूर्ण सफलताको शुभकामना दिएका थिए ।

सुन्दर गुरुङले स्वागत गरेको कार्यक्रममा २०७४ को चुनावमा सहभागि राजन मण्डल, केशवबहादुर पुन लगायतलाई सम्मान गरेका थिए ।

अधिराज्यभरि ४६ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक समितिले यलम्वर टाइम्सलाई बताए ।