अर्जुनधारा जलेश्वर धाम धार्मिक संहिष्णुताको केन्द्र बनोस्ः किरात गुरु आत्मानन्द « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा जलेश्वर धाम धार्मिक संहिष्णुताको केन्द्र बनोस्ः किरात गुरु आत्मानन्द


यलम्वर टाइम्स
९ मंसिर २०७८, बिहीबार १०:२८

माङ्सेबुङ । किरात धर्म गुरु आत्मानन्द लिङ्देनले पूर्वको प्रख्यात अर्जुनधारा जलेश्वर धाम धार्मिक संहिष्णुताको केन्द्र बन्न सकोस् भनी शुभकामना दिएका छन् ।

अर्जुनधारा जलेश्वर धामको प्रचार समिति किरात गुरु लिङ्देनलाई ३९ औं अनुष्ठान सुरु हुन लागेको र यो वर्ष कोरोनाबाट दिवंगत भएका पितृहरुको लागि विशेष यज्ञको सन्देश दिन जाँदा गुरु लिङ्देनले धार्मिक संहिष्णुता र नारीलाई उच्च सम्मानको बाटोमा लाग्न समितिलाई आग्रह गरेका छन् ।

विश्व मानव एकता, भाइचारा सम्बन्धमा किरात धर्म जहिल्यै पनि अगाडि बढ्ने भएको हुँदा सम्पूर्ण मानव एकतामा जलेश्वरधाम
उदाहरणीय बन्न सकोस् भनेका छन् ।

प्रचार समितिका सहसंयोजक भानु शिवाकोटीले किरात गुरुको देवासनबाट अर्जुनधारामा आशिर्वाद प्रदान गर्दाको ऐतिहासिक क्षण धामले बिर्सन नसकेको अवगत गराउँदै धाममा हुने ठूलठूला गर्ने जमर्को भए इलाम माङ्सेबुङका जनतासँग नजिक भएर अगाडि बढ्ने सन्देश दिए ।

शिवाकोटीले किरात धर्म र अर्जुनधारा जलेश्वर धाम नङ र मासुको सम्बन्ध कायम गर्न धाम समिति कटिबद्ध रहने जानकारी दिँदै गुरुलाई धामबाट प्रकाशित योजनासहितको महत्वपूर्ण गतिविधि हस्तान्तरण गरेका थिए ।

गुरुसँग धर्म सम्बन्धि साक्षत्कार गर्दा वीरता लेडी जेसीजका जेसी लीला शिवाकोटीले किरात धर्ममा नारीलाई हेर्ने दृष्टिकोण बारे जिज्ञासा राख्दा गुरु आत्मानन्दले किरात धर्म अन्तर्गत सत्य धर्म मुचुल्कामा नारी स्वतन्त्रता उल्लेख भएको हुँदा नारी देवीको रुपमा मान्दै आएको बताए ।

गुरुले हिन्दू सनातनी धर्मका ग्रन्थमा नारीलाई हेर्ने दृष्टिकोण खकुलो पार्दै अगाडि बढे हिन्दू सनातनी धर्मको उन्नति हुनेमा दुइमत नरहने बताउँदै आफूहरुसँग हिन्दू गुरुहरु आउँदा उक्त जवाफ दिँदै आएको समेत जानकारी दिए ।

कार्यक्रममा फोनिजका प्रदेश इन्चार्ज दिपीन राईले गुरु आत्मानन्दसँग राजनीतिक दलबाट मुलुक सञ्चालनका विषयमा जिज्ञासा राख्दा ठूला दलहरुको भविष्य त्यति उज्यालो नभएको बताउँदै साना दलहरुको शरणबाट सत्ता सञ्चालन गर्न बल पुग्ने अवस्था आएको दर्शाए ।

कार्यक्रममा माङ्सेबुङ वडा नं. ५ का वडाध्यक्ष नरेन्द्र राई, अर्जुनधारा जेसीजका बाल जेसी संयोजक दीपज्वल राई लगायत किरात धर्मका विभिन्न पदमा रहेका महानुभावहरुको सहभागिता रहेको थियो ।