जेसीज गाउँमा आइपुग्दा सक्षम नेतृत्वको जन्म हुन्छ « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

जेसीज गाउँमा आइपुग्दा सक्षम नेतृत्वको जन्म हुन्छ


यलम्वर टाइम्स
५ मंसिर २०७८, आईतवार ०६:३६

रमाइलो बस्ती । अर्जुनधारा जेसीजले आफ्नो सप्ताह कार्यक्रम अन्तर्गत अर्जुनधारा–७ मा बाल चित्रकला प्रतियोगिता तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनधारा–७ को रमाइलो बस्तीमा आयोजित कार्यक्रममा जेसीज गाउँमा आइपुग्दा सक्षम नेतृत्वको जन्म हुने वक्ताहरुले बताएका छन् ।

कार्यक्रममा अर्जुनधारा जेसीज वर्ष १७ का अध्यक्ष प्रल्हाद ढुंगानाले जेसीज अब शहर केन्द्रीत मात्र नभई गाउँ केन्द्रीत हुनुपर्ने बताए ।

उनले गाउँका युवाहरुलाई जेसीज प्रति आकर्षित गराई उनीहरुको चौतर्फी विकासमा लाग्नुपर्ने बताउँदै जेसीज तालिमको विश्वविद्यालय भएको र युवाहरुलाई जेसीजमा लाग्न आग्रह गरे ।

वर्ष ०१५ का अध्यक्ष दिपीन राईले गाउँ नै सम्भाव्यताको खानी भएको बताउँदै गाउँका युवाहरुलाई अवसर प्रदान गरिनुपर्ने बताए ।

अर्जुनधारा जेसीजका बाल जेसी संयोजक दीपज्वल राईको संयोजकत्वमा भएको कार्यक्रम दुइ चरणमा सम्पन्न भएको थियो ।

पहिलो चरणमा प्राकृतिक सुन्दरताले भरिएको समाज शीर्षकमा बाल चित्रकला प्रतियोगिता र दोस्रोमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चित्रकला प्रतियोगितामा स्वस्तिका शिशु सदन बोर्डिङ स्कुलकी रीतिकाक गदाल प्रथम, सूर्यज्योति इङलिस बोर्डिङ स्कुलका प्रतिक भण्डारी दोस्रो, न्यू होप इङलिस स्कुलकी प्रमाङ्गी र एम्स एकाडेमीकी नुमा राई तेस्रो भएका छन् ।

त्यस्तै सूर्यज्योति बोर्डिङ स्कुलका आशिका तिम्सिना र न्यू होप इङलिस स्कुलका आरोग्य रेग्मीले सान्तवना प्राप्त गरेका छन् ।

चित्रकलामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः एक हजार ५ सय, एक हजार र ५ सयसँगै प्रमाणपत्र वितरण गरिने अध्यक्ष जीवनकुमार खनालले बताए ।

उनका अनुसार सप्ताह कार्यक्रमको अन्तिम दिन मंसीर ६ गते सोमबार शनिश्चरे बजारको देवकोटा चोकमा पुरस्कार तथा
प्रमाणपत्र वितरण गरिनेछ ।

त्यस्तै सोही समयमा आयोजित सांगीतिक कार्यक्रममा गीता राई, अम्बिका खड्का, बिनिसु खड्का, सुस्मिता आचार्यले मनमोहक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई थप रोचक बनाउन स्वस्तिका शिशु सदनकी अल्मिसा राई, विपासा लिम्बू, न्यू होप इङ्लिस बोर्डिङ स्कुलकी आकृति बर्देवा, सूर्यज्योतिकी प्रतिक्षा बुढाथोकी, प्रतिमा लामिछाने, एम्सबाट सगुन राई र प्रगति आवसीय माविबाट सिमरन लामिछानेले नृत्य प्रस्तुत गरेका थिए ।

जेसीजका अध्यक्ष जीवनकुमार खनालको सभापतित्वमा भएको कार्यक्रममा वर्ष ०१८ का अध्यक्ष अजय देव, नेकपा एमाले वडा नं. ७ का अध्यक्ष गोविन्द खतिवडा, प्रहरी चौकी शनिश्चरेका एएसआई निधि तिम्सिना लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदी, वडा नं. ७ का जनप्रतिनिधि सन्तोष नेम्वाङ, वर्ष २०१३ का महासचिव चन्द्र राना लाफा, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, देवेन्द्र मैनाली, ट्राफिक प्रहरी चौकी शनिश्चरेका इन्चार्ज डिल्ली तिम्सिना, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विशाल लामिछाने, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष राज खम्बू, ट्राफिक हवल्दार दिपेश पौडेल लगायतको आतिथ्य रहेको थियो ।

विधिको शासनलाई आत्मासाथ गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर अर्जुनधारा जेसीजले आफ्नो सप्ताह कार्यक्रमलाई गाउँ केन्द्रीत बनाएर आएको छ ।

महासचिव प्रेम खड्काले सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन विमला भट्टराईले गरेकी थिइन् ।