फोनिज झापा शाखाको छैंटौं अधिवेशन मंसीर २५ गते

अर्जुनधारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यही मंसीर २५ गते शनिबार हुने भएको छ ।

फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न बैठकले सचिव अमित खम्बूको संयोजकत्वमा सहसचिव भूमिका सुब्बा र सदस्य एकराज प्रधान सदस्य रहेको तीन सदस्यीय अधिवेशन आयोजक समिति र कोषाध्यक्ष भारती राईको संयोजकत्वमा सदस्यद्वय तिलक योञ्जन र नरेश गुरुङ सदस्य रहेको तीन सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ ।

त्यसैगरी बैठकले अधिवेशनका लागि नयाँ सदस्यता आव्हान् तथा नविकरण गर्ने समय यही मंसीर १५ गते बुधबार दिँउसो १ बजेसम्मको लागि तोकेको छ । “सदस्यता नविकरण नभएकाहरुले अधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउने छैन ।”–फोनिज झापा शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd