वडाध्यक्ष संग्रौलाले माफी मागे « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

वडाध्यक्ष संग्रौलाले माफी मागे


यलम्वर टाइम्स
२९ कार्तिक २०७८, सोमबार ०६:३३

बिर्तामोड । बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकोमा माछा पालक किसानसँग माफी मागेका छन् ।

आइतबार फेसबुकमार्फत संग्रौलाले माछा पालन किसानलाई लक्षित गरी लेखेको स्टाटसका कारण माफी मागेका हुन् ।

संग्रौलाले कार्तिक २४ गते झापाका माछा पोखरीमा हस्पिटलमा उत्पादित फोहोरमैला रात्रीकालिन समयमा चारो (दाना) को रुपमा हाल्ने गरेको भनि स्टाटस लेखेका थिए । उक्त स्टाटसप्रति जिल्लाका किसानले आपत्ति जनाएका हुन् ।

वडाध्यक्ष संग्रौलाले बिना आधार, प्रमाण भ्रामक सूचना सम्प्रेषण गरेको माछा किसानको संस्था मेची मत्स्य व्यवसायिक कृषक समूहको दाबी थियो ।

आइतबार वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गरी अज्ञानवश स्टाटस लेखेको प्रति गल्ती महसुस गरेको जनाएका छन् । उनले पंगास तथा कार्प जातिका माछाहरु शाकाहारी भएको कुरा जानकारी नभएको र सुन्नमा आएको कुरा भुलवस फेसबुकमा व्यक्त गर्दा उक्त स्टाटसले माछा पालक किसानप्रति असर पर्न गएकोमा विनम्रतापूर्व क्षमायाचना गर्न चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले आगामी दिनमा आफू र आफ्नो निकायबाट माछा पालक किसानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।