पाँचै न्यायधीशले राजीनामा दिँदा हुन्छः केपी ओली « Yalambar Times
५ बैशाख २०८१, बुधबार

पाँचै न्यायधीशले राजीनामा दिँदा हुन्छः केपी ओली


यलम्वर टाइम्स
९ कार्तिक २०७८, मंगलवार ०९:४५

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन् ।

मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश एक जनाले मात्र नभई पाँच जनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन् ।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ । न्यायाधीशहरू कसले के के ग¥यो भनेर उधिन्न थालेका छन् । उधिन्दै जाँदा केके कुरा निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने‚ ‘परमादेश एकजनाले गरेको होइन । पाँचैजनाले गरेको हो । किन एक जनाको राजीनामा माग्नुहुन्छ ? पाँचैजनाले राजीनामा गर्दा उपयुक्त होइन र ? तपाईंहरूको निर्णयको सुगन्ध दुर्गन्ध म भन्न चाहन्नँ ।’

उनले संविधानमै नभएको असंवैधानिक कदम चालेर एमालेविरुद्ध नाङ्गो नाच देखाएको आरोप लगाए । कानुन व्यवसायीहरूले कानुन र संविधान जान्नुपर्ने उनले टिप्पणी गरे ।