फुलपातीकै दिन आयो रिडर्स गफ « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

फुलपातीकै दिन आयो रिडर्स गफ


यलम्वर टाइम्स
२६ आश्विन २०७८, मंगलवार १२:०७

बिर्तामोड । उर्जाशिल पत्रकार सन्तोष आचार्यले पुस्तक प्रकाशन गरेर अब लेखक पत्रकार उपादी प्राप्त गरेका छन् ।

फुलपातीको अवसर पारेर आज मंगलबार लेखक पत्रकार आचार्यले ‘रिडर्स गफ’ नामक पुस्तक विमोचन गर्दै वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पत्रकारिताको परिपक्कतालाई साहित्यमा ढालेर जुन पुस्तक ल्याउनु भयो, पत्रकार आचार्यलाई धन्यवाद प्रकट गरे ।

प्रमुख अतिथि समेत रहेका खरेलले कृति बजारमा ल्याउनु चानचुने कुरा होइन, यसलाई आम पाठकमाझ पुर्याउनु महत्व हो ।

विशेष अतिथि उज्वल खरेलले पत्रकारहरु नै लेखक भएर पुस्तक बजारमा आइरहँदा पत्रकारहरुको न्यूज पोर्टल कसले चलाएको छ भन्ने प्रश्न हामीमाझ रहेको छ ।

लेखक खरेलले केही दिनअघि पानीमा ढुबेर मरेकी महिलाको विषयमा प्रहरीले तयारी पारेको सम्पूर्ण रिपोर्ट झापाको न्यूज पोर्टलमा आउँछ भने पत्रकार हुनुमा प्रश्न छ ।

त्यसैले अब न्यूज पोर्टल सञ्चालकहरुले विश्लेषण गर्ने खोज्ने प्रक्रियामा जानुपर्छ र सही विचार दिने लेखक उत्पादन गर्न पनि पछि हट्नु हुँदैन ।

मिडिया रिसर्च झापाले प्रकाशन गरेको पुस्तकका चर्चा अश्वत्थामाका लेखक कुमार भट्टराई, कवि लीला अनमोलले गरेका थिए ।

रिसर्चका अध्यक्ष तीर्थ सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा भाषा सम्पादक जनार्दन दाहाल लगायतले पुस्तकका बारेमा बोलेका थिए ।

शिक्षा सहकारीको भवनमा भएको विमोचन कार्यक्रममा बंकरका लेखक दिपीन राई, लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपाने, कान्तिपुर दैनिकका पर्वत पोर्तेल लगायतको आतिथ्य रहेको थियो ।

उपस्थित सबैलाई लेखक सन्तोष आचार्यले स्वागत गरेका थिए भने १९८ पृष्ठको पुस्तकमा सामाजिक परिवेशलाई छोएको रचनाहरु पाइन्छ ।